अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम

कोरियाअपडेट प्रवास वैदेशिक रोजगार समाचार

अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवद्र्धन पूजा र कवि तथा समालोचक महेश पौड्याललगायतले शुभकामना मन्तव्य दिनुभयो ।

कार्यक्रममा कवि रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापामगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाललगायतले आ–आफ्ना कविता, गजल, मुक्तक वाचन गरेका थिए । अतिथि स्रष्टा तथा रचना वाचकरूलाई च्याप्टरले सम्मानपत्रसमेत वितरण गरेको थियो ।

कार्यक्रममा केही महिनाअघि अनेसास कोरियाले आयोजना गरेको कोरियाव्यापी खुला कविता प्रतियोगिता, २०७७ मा विजयी हुनुभएका कविलाई पुरस्कार वितरणसमेत गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुभएका कवि क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तकजस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराइएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा केही न केही सहयोग पुग्ने अपेक्षा लिइएको संस्थाका अध्यक्ष सारङ्गले बताउनुभयो ।

Facebook Comments Box