नेपाल आदिवासी जनजाति महासंघ जापानद्वारा गैर आवासीय नेपाली संघ जापानलाई सुझाव पत्र हस्तान्तरण

प्रवास वैदेशिक रोजगार

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)जापानले जुलाइ ७ तारिख जुम भर्चुअल मार्फत सम्पन्न गैर आवासीय नेपाली संघ जापानको भूत ,वर्तमान र भविस्य बिषयक अन्तरक्रियात्मक तथा छलफलबाट गैर आवासीय नेपाली संघ जापानलाइ प्राप्त सुझावहरु लिपिबध्द गरी एनआरएन जापानलाइ सुझाव पत्र हस्तान्तरण गरेको छ ।

सुझाव पत्र हस्तान्तरण कार्यक्रममा नेफिन जापानको तर्फबाट अध्यक्ष सन्जिव राइ, पुर्व उपाध्यक्ष पेम्बा शेर्पा ,महासचिव शिशिर निङलेकु लिम्बु र सदस्य प्रमिला राइको उपस्थित रहेको थियो भने सुझाव पत्र ग्रहण गर्नको लागि एनआरएन जापानको तर्फबाट कार्यबाहक अध्यक्ष अनिता गुरुङ ,महासचिव जनक बिक्रम शाही ,प्रवक्ता सिद्वार्थ श्रेष्ठ, महिला संयोजक संगीता अघिकारी ,NRNA केन्द्रिय सदस्य कृष्ण खनालको उपस्थित रहेको नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बुले जानकारी दिनुभयो ।

नेफिन जापानले एनआरएन जापानभित्र देखिएको अन्याय अराजकता अनि नेतृत्व भएका भएका गल्ती अनि कमीकमजोरी हटाइ आहा एनआरएन बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ फलफल तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

यस्तो छ कार्यक्रममा सहभागीहरुको प्रतिकृया तथा सल्लाह सुझाव

१ , गैर आवासीय नेपाली संघ जापानले आर्थिक अनिमियतताको बिषय टुंगोमा पुर्याई आम जनतालाई आर्थिक पारदर्शिताबारे प्रस्ट पारेर मात्र महाधिबेशन गरेको राम्रो हुने।

२ , गैर आवासीय नेपाली संघ जापानमा संगठनको बिधि र बिधान बुझे जमात भन्दा पनि पैसा र पावरको भरमा नेतृत्वमा पुग्ने जमात बढी भएको हुँदा संस्थामा ठुलो ठुलो आर्थिक घोटाला र संस्थागत बेइमानीहरु देखा परेको ।

३ , गैर आवासीय नेपाली संघ जापानमा महिला विधार्थी नेपालको भौगोलिकता / क्षेत्रगत समाबेशीता र आदिवासी जनजातिहरुलाइ समेटी समाबेशी एनआरएनए जापान बनाउन आवश्यक ।

४ , गैर आवासीय नेपाली संघ जापानमा राजनीतिक हस्तक्षेप बढी भएको पाइन्छ , राजनीतिक हस्तक्षेपबाट संस्थालाइ अलग राख्नुपर्ने ।

५.अमेरिका , यूके र यूरोपका देशमा रहेको गैर आवासीय नेपाली संघको नीति र उदेश्यहरु र जापानमा रहेको गैर आवासीय नेपाली संघ जापानको नीति तथा उदेश्यहरुमा फरक हुनु पर्दछ । किनभने जापान बाहेकको देशहरुमा नागरिताको बहस वा पीआरको मुद्वाहरु छन् भने जापानमा त्यो मुद्दाहरु नभई विधार्थी र कुक भिजामा थुप्रै नेपालीहरु रहनु भएको हुँदा एनआरएनए जापानको नीति नियम परिमार्जन गरि जापानमा रहेका नेपाली मैत्री हुन् आवश्यक देखिन्छ ।

६ , गैर आवासीय नेपाली संघ जापानको सदस्य शुल्क हाल कायम रहेको १००० येनबाट घटाई ५०० येन बनाउनु वा सदस्य शुल्क शुन्य बनाउनु उत्तम ।

७ , सबैको साझा सस्था एनआरएनए जापान र २१ वर्ष देखी निरन्तर क्रियाशिल नेपाल आदिवासी जनजाति महासघं , जापान दुवैले प्रशस्त भेटवार्ता गर्नुपर्दछ । संस्थालाई कसरी समावेशी बनाउने भनेर ब्यापक छलफल गर्नुपर्दछ र साथै भविस्यमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गर्ने फेस्टिबलहरूमा नेपालको सास्कृतिक विविधता झल्कने गरी लिम्बुहरूको धान नाच , तामागंहरूको सेलो राईहरूको साकेला सिली , थामी नाच , शेर्पाहरूको स्याब्रु , गुरूगंहरूको रोधी , थारू नाच नेवारहरूको लाखे , पन्चे बाजा सहित अन्य विभिन्न मौलिक पहिचान सहितको प्रस्तुतीमा जोड दिईनु पर्दछ । त्यसैगरी विभिन्न समुदायहरूको परम्परागत परिकारहरुको स्टलहरू राखी पहिचान झल्कने भेषभुषा , सामाग्री र परिकार प्रदर्शन गर्नु दिएमा नेपाल र नेपालीको हित हुने देखिन्छ ।

८ , गैर आवासीय नेपाली संघ जापानको लेखा चुस्त र दुरुस्त राखलाइ आबश्यक पहल तत्काल अघि बढाए संस्थाको हित हुने देखिन्छ ।

९ , गैर आवासीय नेपाली संघ जापानको निर्वाचन प्रणाली र प्रक्रिया निस्पक्ष र जवाफदेहिता हुनु आवश्यक देखिन्छ । साथै , एक जनाले अरु साथी भाइको भोट लगाउने प्रवृतिलाइ नस्ट पर्ने बिधि अङ्गीकार गर्नु आवश्यक देखिन्छ । आफ्नो भोट बाहेक अरुको भोट मतदान गर्न नपाउने ब्यबस्था हुनु पर्दछ।अरुको मोबाइल नम्बर र पासवर्ड काबुमा राखेर मतदान गर्ने चलनलाइ खारेज गरियोस । धन्यवाद ! आदिवासी अभिवादन !

Facebook Comments Box