सन्तोष खड्का
दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको स्थापना काल देखिनै संस्थापक सदस्य हुदै दुई कार्यकाल (सन् २००९ – २०११, २०१४ – २०१५) अध्यक्षको जिम्मेवारी वहन गरेका बिनोद कुवँरले पछी गैर आवासीय संघ अन्तरार्ष्ट्रिय समन्वय समिति सदस्य (२०१५-२०१७), एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप-संयोजक(२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुदै करिव १६ वर्ष गैर आवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा कुशल कार्य सम्पादन गरिसकेका छन्। सस्थाँगत हितका निम्ति लगातार लागि परिरहेका कुवरले यस पालि हुन गइरहेको गैर आवासीय नेपाली संघको निर्वाचनमा एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयको NRNA अभियानको अनुभव सहित नेपाल वाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थप कार्य गर्ने अठोट बोकेर यस पालि गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा मैले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पद (Regional Coordinator, RC) मा उमेद्वारी दिने निर्णय गरेको उनले कामदार दैैैनिकलाई वताए।
एसिया प्यासिफिक क्षेत्र आफैमा गतिशील क्षेत्र भएकोले विश्व अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा ओगट्ने सामर्थ्य राख्ने यो क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले वसोवास गर्ने नेपाली समुदायको सङ्ख्या उल्लेख्य मात्रामा रहेकोले यस क्षेत्रका नेपाली समुदायले पछिल्लो समयको तीव्र विकासको साक्षी बन्ने विरलै मात्र पाइने एउटा अभूतपूर्व मौका पाएका बताउदैँ गैर आवासीय नेपाली संघको अभियानको एउटा मुख्य उदेस्य नेपालको समग्र समृद्दीमा टेवा पुर्याउनु पनि भएकोले एसिया प्यासिफिक क्षेत्रका नेपालीको यो अभूतपूर्व अनुभव सँगसँगै ज्ञान, शिप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति लगाउन सक्नु धेरै ठुलो उपलव्धि हुनुको साथै नेपालको समग्र विकासमा एसिया प्यासिफिकका नेपाली समुदायको पनि प्रत्यक्ष सहभागिता पनि रहने भएकोले र समग्रमा आफ्नो उद्देश्य नै यही रहेकोले आफुले यस पदमा उम्मेदवारी दिई लामो इतिहास बोकेको गरिमामय संस्था गैरआवासीय नेपाली संघ मार्फत एशियाली देशहरूमा भएका द्रुत गतिको विकास मोडलमा बर्षौ देखी सहभागी गैरआवासीय नेपालीहरूको अनुभवलाई मातृभूमिको समृद्धिका निम्ति सदुपयोग गर्नको लागि काम गर्ने योजनाहरू आफु समक्ष रहेको समेत बताए।
आफनो उमेदवारी के का लागि भन्ने प्रसङ्गमा अझ थप्दै उनले आफु कुरा भन्दा पनि काममा विस्वास राख्ने भएकोले एशियाका कुना-कुनामा रहेका नेपाली युवाहरुको आवाज, सीप, उर्जा र क्षमतालाई एकीकृत गर्दै वुलन्द र सशक्त रूपमा एनआरएनए मार्फत मातृभूमि नेपालको समृद्दिको निम्ति हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रणका साथ आफ्नो उम्मेदवारी आएको समेत बताए।
प्रस्तुत छ उनका प्रतिवद्धताहरु :
१. संस्थागत सबलीकरणको लागि नेटवर्किङ, समावेशीता, पारदर्शिता
२. श्रम डिप्लोमेसी मार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिस्चितता
३. ब्रेन पुलिङ द्वारा सम्बृद् नेपालका लागि ज्ञान, सिप र प्रविधि हस्तान्तरण अभियान
४. उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवर्धन र रोजगारी सृजना