लन्डनमा पनि मनाइयो पृथ्वी जयन्ती

प्रवास

बेलायतमा पनि ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता एक कार्यक्रमबीच मनाइएको छ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले ‘भर्चुयल्ली’ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रवादी नेपाली संगठनका संस्थापक अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ तथा विशेष अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल, प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी र नागरिक समूहका अध्यक्ष निगम हुमागाईले सम्बोधन गरेका थिए ।

त्यस अवसरमा लन्डनस्थित बुद्धिजिवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, हन्स्लो मेयर विष्णु गुरुङ, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी केसी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, लगायत बिभिन्न बुद्दिजीवी तथा समाजसेवी शिवजी श्रेष्ठ, साहित्यकार विकलचन्द्र आचार्य, साहित्यकार गोपी सापकोटा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाल राष्ट्रको एकिकरणमा पृथ्वीनारायण शाहको योगदानलाई ऐतिहासिक रुपमा उच्च मुल्यांकन गर्नु पर्ने बताएका थिए ।

आयोजक संस्थाको तर्फबाट अध्यक्ष भारत क्षेत्रीले रास्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा घोषणा समेत नगर्नु दुखद रहेको बताए ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटले संचालन गरेको कार्यक्रममा दर्जनौं सामजिक व्यक्तित्वहरुको उपस्थिति थियो । पुरस्कारको घोषणा
कार्यक्रममा आयोजक संस्थाका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले १ लाख राशीको पृथ्वी पुरस्कार घोषणा गरेका छन्।

प्रत्येक वर्ष एक जनालाई प्रदान गरिने बताईएको पुरस्कार पहिलो वर्ष प्राध्यापक डा सुरेन्द्र केसीलाई प्रदान गरिने घोषणा कार्यक्रममा संस्थापक क्षेत्रीले गरेका थिए।

Facebook Comments Box