टर्कीमा सक्रिय नेपाली दलाललाई NRNA टर्कीले दियो कारवाहीको चेतावनी

प्रवास समाचार

अवैध रुपमा टर्कीबाट नेपालीलाई युरोप पठाउने र जाने क्रम बढेको छ। आकर्षक रोजगारीको प्रलोभन देखाएर मानव तस्करको गिरोहले अवैध रुपमा नेपालीलाई युरोप पठाउने क्रम बढेको र यसले विभिन्न समस्या निम्त्याएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

 

केही दिनअघि युरोप जाने क्रममा पाकिस्तानी हतियारधारीले ४ नेपालीलाई बन्धक बनाएका थिए।तीनदेखि बन्धक बनाइएका उनीहरुको टर्किस प्रहरीले उद्धार गरेको थियो। प्रतिव्यक्ति १० हजार युरो फिरौती मागेका थिए।

टर्की मामिला समेत हेर्ने जिम्मेवारी पाएको पाकिस्तानस्थित नेपाली दूतावासले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ।

युरोप जाने क्रममा नेपाली युवाहरु जोखिममा पर्न थालेपछि एनआरएनए टर्कीले नेपाली युवाहरुलाई गैरकानुनी माध्यमबाट युरोप प्रवेश नगर्न अनुरोध गरेको छ।

युरोप प्रवेश गराइदिने भन्दै टर्कीमा नै रहेका नेपाली दलालहरुले नेपाली युवाहरुलाई फसाउने गरेको भन्दै हचुवाको भरमा युरोप नछिर्न आग्रह एनआरएन टर्कीले आग्रह गरेको हो।

संघका महासचिव विनोद पौडेलले विगत केही महिना यता गैरकानुनी तवरले युरोप जाने क्रममा नेपाली युवाहरुले ठूलो मात्रामा धनजनको क्षति व्यहोर्नु परेको बताएका छन्।

केही नेपालीको मृत्यू भएको तथा केही नेपाली बेपत्ता भएको समेत उनको भनाइ छ।

त्यस्तै महासचिव पौडेलले टर्कीमा बसेर गैरकानुनी काम गरिरहेका नेपाली दलालहरुलाई अवैध काम नगर्न सचेत गराएका छन्।उनीहरुकाविरुद्ध प्रमाणसहित संघमा उजुरी परेकालेखबाट  अपराध अनुसन्धान महाशाखाको उजुरी गरिने समेत उनले स्पष्ट पारेका छन्।

(साभारः prawas Khabar)

Facebook Comments Box