राजदुताबास,थेजन नेपाली समाज र एनआरएनए छुङ् छन् को अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरियाअपडेट प्रवास समाचार

शुसिल खनाल

सौल, दक्षिण कोरिया।

नेपाली राजदुताबास सौल, थेजन नेपाली समाज . कोरिया तथा एनआरएनए छुङ् छन्  क्षेत्रिय समितिथेजनको संयुक्त आयोजनामा२०२२/०५/२९ को दिन श्रम सहचारी रमा भट्टराईको प्रमुख आतिथ्यता एंव नेपाली राजदुताबासका दितिृय सचिव सुर्य बहादुर थापा एनआरएनए कोरियाका प्रवक्ता सन्तोष खड्काको बिशेष आतिथ्यता मा थेजन स्थित सगरमाथा रेस्टुरेन्टको सभाहलमा श्रमिककासमस्या, घर फिर्ती तयारी तथा  राजदुतावासले प्रदान गर्ने सेवा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

सोचिएभन्दा उल्लेखनीय रुपमा थेजनलगायत थेजनवरिपरिका नेपालीहरुको सहभागीता भएको उक्त कार्यक्रममा  नेपाली मजदुर हरुको विभिन्नचासो गुनासो, भिजा अबधि समाप्त भयको तथा भिसा नभएको नेपालीहरु को स्वदेश फिर्ता समन्धी कागजात,नयाँ श्रम निय, विभिन्नप्रकारका बिमा, भिजिट भिसा मा रहनु भयको हरु को समस्या तथा काम गर्ने कम्पनी मा हुने दुव्र्यवहार साथै दुर्घटना न्यूनीकरण संबंधितयावत विषयमा  छलफल तथा अन्तरक्रिया भएको यसबाट धेरै जना लाभान्वित भएको एनआरएनए छुङ् छन् क्षेत्रिय समितिथेजनकाअध्यक्ष चित्र राज पाठकले बताए।

 

यस्ता कार्यक्रमबाट धेरै ब्यक्तिहरु लाभान्वित हुन सक्ने भएकोले आगामी दिनहरुमा पनि यस्ताप्रकारका कार्यक्रमहरु प्राथमिकताका साथ आयोजना गरिने थेजन नेपाली समाज . कोरियाका अध्यक्ष राम खनालले बताए।

Facebook Comments Box