दुबइ (युएर्ई), १९ मङ्सिर : संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ ।
वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्रगतिमा पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ । जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पुर्याएको क्षति वृत्तचित्रमा समेटिएको छ ।
वृत्तचित्रमा प्रभावित क्षेत्रका वासिन्दाको आवाजका माध्यमबाट नेपाललाई जलवायु न्यायका लागि विशेष ध्यानाआकृष्ट गराएको छ । उक्त वृत्तचित्रको लेखन र निर्देशन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको हो ।
सम्मेलन अन्तर्गत नेपाल पेभिलिएनमा वन तथा वातावरण मन्त्रालय र साथसाथै संस्थाको संयोजनमा भएको एक कार्यक्रममा उक्त वृत्तचित्र प्रदर्शन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो। वृत्तचित्र प्रदर्शनपछि त्यसबारे विभिन्न विज्ञहरुबीच अन्तक्र्रिया समेत भएको थियो ।
अघिल्लो वर्ष इजिप्टमा भएको जलवायु सम्मेलन ‘कोप २७’ मा पनि बस्नेतको लेखन, निर्देशनमा रहेको वृत्तचित्र ‘द भ्वाइस् फर क्लाइमेट जष्टिस्’ प्रदर्शन गरिएको थियो ।