युएईमा रोजगार मेला सकियो

प्रवास मुख्य समाचार वैदेशिक रोजगार

संयुक्त अरब इमिरेटस् युएईमा भएको दुवई रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलामा दक्ष जनशक्ति पठाउन गन्तव्य मुलुकका रोजगारदाताले आग्रह गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दुबईस्थित नेपाली दूतावास र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको संयुक्त आयोजनामा १७ वर्षपछि रोजगार मेला गरिएको हो । यस मेलामा सहभागी युएईका रोजगारदाताले दक्ष जनशक्ति पठाउन नेपाललाई आग्रह गरेका हुन् । नेपाली कामदारहरु अदक्ष्य कामको लागि मात्र बढी मात्रामा युएई जाने गरेको हुँदा अब दक्ष कामदार पठाउनेतर्फ सरकार अग्रसर हुनुपर्ने सहभागीले बताए । नेपाल, युएईको प्रमुख स्रोत मुलुक हो । नेपालबाट दक्ष जनशक्ति पठाउन सीप तथा व्यवसायिक तालिम सञ्चालन गर्नुपर्ने औंल्याइएको छ । हाल युएईमा करिब पाँच लाख नेपाली श्रमिक कार्यरत रहेको बताइए पनि यसको एकिन भएको छैन ।

युएईको दुबईमा आजबाट सुरु भएको दुबई रोजगार मेलामा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार  व्यवसायीहरु सहभागी भएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको रोजगार मेलामा मन्त्री भण्डारीलगाएतका अतिथीहरु सहभागी भएका थिए ।
मेलामा एक सय भन्दा बढी मेनपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनीधिहरु र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागीता जनाएका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ ।
मेलामा ६४ वटा विभिन्न व्यवसायिक स्टल राखिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, युएईका लागि नेपाली राजदुत तेज बहादुर क्षेत्री, एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना,एनआरएनए युएईका अध्यक्ष बिकास शाही लगायतको उपस्थिति रहेको थियो।
दुवई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिईएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् ।
मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहेको उक्त मेला यूएईस्थित नेपाली दूतावास र बैदेशिक रोजगार बोर्डको सहकार्यमा भएको हो । यस मेलाले सुरक्षित र मर्यादित वैदेशिक रोजगारका निम्ति अहम् भूमिका खेल्ने र गन्तव्य मुलुकमा रहेका नेपाली कामदारहरुको हकहितका निम्ति फलदायी हुने बताइएको छ ।

Facebook Comments Box