सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि बुलगेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot बीच शिष्टचार भेटवार्ता

अन्तराष्ट्रिय प्रवास वैदेशिक रोजगार समाचार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग नेपालका लागि बुलगेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot शिष्टचार भेटवार्ता गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका विविध आयामका बारेमा छलफल भयो ।
छलफलमा श्रममन्त्री डोलप्रसाद अर्यालले बुलगेरियाले नेपाली श्रमिकलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिए । मन्त्री अर्यालले नेपाली श्रमिकका लागि सुरक्षित श्रम गन्तब्य खोजी गरी रहेको बताउँदै बुलगेरियामा पनि नेपाली श्रमिकका लागि सम्भावित मुलुक हुन सक्ने बताए । ‘हाम्रा श्रमिकलाई सुरक्षा प्रदान गर्ने र समान व्यवहार गर्ने मुलुकलाई हामीले प्राथमिकता दिएका छौ,’ उनले भने ।
त्यस्तै, मन्त्री अर्यालले नेपाली श्रमिकलाई औपचारिक माध्यमबाट बुलगेरिया पठाउन दुई पक्षीय श्रम सम्झौता गर्न नेपाल सकारात्मक रहेको बताए । साथै नेपाली श्रमिकलाई भारत गएर भिसा लगाउनु पर्ने बाध्यतालाई हटाउन नेपालमा नै भिसा सेन्टर स्थापना गर्न पनि आग्रह गरे ।
छलफलमा नेपालका लागि बुलगेरियाका गैरआवासीय राजदूत H.E Nokolay Yankot ले बुलगेरियामा नेपाली श्रमिकको लागि सेवा, मेशिनरी र निर्माण लगायतका क्षेत्रमा सम्भावना रहेको बताए ।

Facebook Comments Box