कामदार दैनिक
न्यूयोर्क !
यहि जुलाई १४ आईतवारका दिन न्यूयोर्क क्वीन्स अन्तर्गत ओजोन पार्क , साउथ ओजोन पार्क, क्वीन्स भिलेज , रिचमन्ड हिल्स साउथ ओजनपार्क तथा जमैका वरीपरी बसोवास गर्ने नेपालीहरूको संस्था जमैका नेपाली समाजद्वारा आयोजित यस बर्षको Summer Picnic -2024 क्वीन्स स्थित Forest Park मा अत्यन्त भब्य र उत्साहजनक सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएको छ । उक्त पिकनिक (बनभोज) मा जुलाई महीनाको प्रचण्ड गर्मीका बीचपनी पार्कको शीतल छहारीमा स-साना बालवालिका देखी बृद्धबृद्धाहरूसमेतले BBQ Chicken र अन्य नेपालीखानाका परिकारहरूको स्वादमा दिनभर ठट्ठा गफ, रमाइलो गर्दै आनन्दित भएका थिए ।
न्युयोर्क भित्र रहेका बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसमेत अतिथिको रुपमा सहभागी उक़्त पिकनिक कार्यक्रममा १५० जना भन्दा बढ़ी ब्यक्तिहरू परिवारसहित सहभागी भएका थिए । बिदेशी कर्मथलोमा रहेका नेपालीहरूमाझ एकापसमा चिनजान तथा भाईचारा अभिवृद्धि गर्दै आपसी सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रमुख उद्देश्यले यस संस्थाद्वारा हरेक वर्ष यस किसिमको कार्यक्रम गर्ने गरिएको छ । न्यूयोर्कको जमैका र आसपासमा दिन प्रतिदिन नेपालीहरूको स्थायी बसोवासमा बृद्धि भैरहेको कारणले गर्दापनी पिकनिकमा यसबर्ष बिगत बर्षभन्दा दोब्बर बढ़ी नेपालीहरूको संख्यामा सहभागीता रहेको देखिन्थ्यो ।
पिकनिकमा बच्चाहरूको Talent शो एवं बयस्कहरूको डोरी तान्ने लगायतका प्रतिस्पर्धा र अन्य सरप्राइज गेमहरूको आयोजना गरिनुका साथै गिनीज़ बुक वर्ल्ड रेकर्डर रोहित तिम्सिनाले आफ्नो डान्स प्रदर्शन गरेका थिए । वहाँको नृत्यले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । बृद्धबृद्धा तथा अन्य सहभागीहरू ती सवै कार्यक्रमहरूबाट मनोरंजन लिंदै दिनभर नाचगान र गफगाफमा समेत मस्त भैरहेका थिए । पिकनिक स्थलमा यस वर्ष Elementary, Middle तथा High School ग्राजुएट भएका जमैका नेपाली समाजका बच्चाहरूलाई प्रशंशापत्रले पुरस्कृत गरिएको थियो भने उक्त पिकनिकमा बच्चाहरूद्वारा प्रदर्शीत र प्रस्तुत गरिएका बिभिन्न Talent Show हरूमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सजन पौडेलले संयोजन गरेको Kids Talent Show मा पुरस्कृत हुनेहरू आभा भंडारी – नृत्य, निशान्त पंडित – गीत, श्रीला पौडेल – जिम्नास्टिक, अनमोल आचार्य – कथा बाचन तथा चित्रकलामा शस्नीका गुप्ता, अरबी हुमागाई, एलिशा पंडित र दृष्टि घिमिरे क्रमश: प्रथम, द्वितीय, तृतीय र सान्न्त्वना भएका थिए भने २०२४ स्कुल Graduation अवार्ड बाट अनमोल आचार्य, सान लम्साल, सम्भ्रान्त पैाडेल समिया कार्की, दृष्टि घिमिरे, श्रीनीति रिजाल र अस्टीन आचार्यलाई प्रशंसा र बधाई सहित पुरस्कृत गरिएको थियो । जमैका नेपाली समाजका अध्यक्ष कृष्ण आचार्य र सचिव भीम न्यौपानेले पिकनिकको ब्यवस्थापनका हरेक पक्षको समन्वय गर्नु भएको थियो भने उपाध्यक्ष पुस्कर खनाल र कार्यसमितिका पदाधिकारी र सदश्यहरुले अतिथि तथा सहभागीहरूमा खाना तथा पानी आदिको बितरणमा सहयोग गरेका थिए ।
जमैका नेपाली समाजका सदश्य एवं रियल स्टेट एजेण्ट राम कार्कीले पिकनिक ब्यवस्थापनमा आफ्नो ब्यवसाय मार्फत सगौरव आर्थिक स्पोन्सर गरीसहयोग गर्नुभएको थियो ! खादा-माला वा आसन ग्रहण र भाषण रहित यो कार्यक्रममा अतिथि तथा अन्य वरिष्ठ ब्यक्तिहरूले समेत पिकनिक ब्यवस्थापनमा स्वतःस्फूर्त स्वयंसेवी भै सहयोग गरिरहेको दृश्यले न्यूयोर्कको नेपाली डायस्पोरामा अहिले जमैका नेपाली समाज अली भिन्न किसिमबाट सामाजिक-सांस्कृतिक संरक्षण र रूपान्तरणमा नवीन धारणा र सोचाईका साथ अघि बढी रहेको छ भन्ने सन्देश दिएको थियो । जमैका नेपाली समाजका सल्लाहाकार द्वय सूर्य लम्साल र कृष्ण प्र. लामिछाने लगायतका अन्य अतिथिहरूसमेत पिकनिक स्थलमा अन्तिम समय सम्म बसेर सहभागीहरू सबैसंग भलाकुसारी र मनोरंजनमा ब्यस्त देखिन्थे । उपस्थित अधिकांस ब्यक्तिहरुले यो उत्साह र एकतालाई स्थायित्व दिनको लागिपनी अब जमैका नेपाली समाजले यस क्षेत्रमा नेपाली सामुदायिक सांस्कृतिक केन्द्रको स्थापना गर्न छिटै नै एऊटा दीर्घकालीन लक्ष्य र योजनासहित अगाडी बढ्न सुझाव र सल्लाह दिएका थिए ।कार्यक्रमको संचालन दिपकराज घिमिरेले गर्नु भएको थियो भने उपस्थित सम्पूर्णलाई समाजका अध्याक्ष कृष्ण आचार्यले धन्यावाद दिएर कार्यक्रम समापन गरिएको थियो !
https://www.youtube.com/watch?v=rLafDqsKcYM
Enter
Facebook Comments Box