श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा.शरत सिंह भण्डारी-इसिबासी रिनतारोबिच द्विपक्षीय भेट

अन्तराष्ट्रिय प्रवास मुख्य समाचार वैदेशिक रोजगार

जापानको औपचारिक भ्रमणमा जानु भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा.शरत सिंह भण्डारीज्युले भ्रमणका क्रममा जापानका parliamentary vice minister of Land, Infrastructure, Transport and Tourism Ishibasi Rintaro बिच नेपाली दुतावास टोकियोमा द्विपक्षीय भेट गर्नुभयो । उक्त भेटका क्रममा मन्त्री भण्डारीले जापानको श्रम बजारको अवस्थाको वारेमा जानकारी लिनु भई नेपाली श्रमिकहरुलाई जापानी श्रम बजारका सम्भावित क्षेत्रहरु पहिचान गर्ने र सरल तथा सहज तरिकावाट नेपाली श्रमिकहरुलाई जापानमा अवसर खोज्ने विषयमा छलफल गर्नुभयो । जापानी Vice Minister ले नेपाली श्रमिकहरु मेहेनती र इमान्दार भएका र construction, ship building, automobile and maintenance sectors मा ल्याउन सकिने अवस्था रहेकोले यसका लागि आफुले सकारात्मक भुमिका खेल्ने जानकारी गराउनु भयो ।

यसैगरी जापानको औपचारिक भ्रमणका क्रममा मन्त्री भण्डारीले जापान सरकारका समकक्षी Minister of Health, Labour and Welfare, TAKEMI Keizo सँग द्विपक्षीय भेट गर्नुभयो । नेपाल र जापान सरकार बीच सन् २०१९ मा भएको Memorandum of Understanding कार्यान्वयनका लागि Joint Committee को वैठक वसी श्रमका विभिन्न विषयमा छलफलवाट निष्कर्षमा पुग्न आवश्यक रहेको वताउनु भयो । नेपालबाट जापानमा नेपाली श्रमिक पठाउन SSW को कार्यविधि स्विकृत भई कार्यान्वयनमा गएको र ईजाजतपत्रवाला संस्थाहरु वैदेशिक रोजगार विभागमा सूचीकृत भए पश्चात नेपाली दूतावास टोकियोले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रकृया शुरु हुने जानकारी मन्त्री भण्डारीले समकक्षीलाई जानकारी गराउनु भयो ।यसै क्रममा नेपाल र जापान बिच सामाजिक सुरक्षाको विषयमा द्विपक्षीय MOU गरी सहकार्य गर्न गृहकार्य गर्ने समझदारी भयो । जापानमा रहेको श्रमिक अभाव र नेपाली श्रमिकको उपलव्धतालाई मध्यनजर गरी द्विपक्षीय सहकार्य गर्ने विषयमा छलफल भयो । Specified Skilled Workers सम्वन्धी नेपालले ल्याएको कार्यविधिको स्वागत गर्दै जापानी श्रम मन्त्रीले नेपालसँग द्विपक्षीय सहकार्य गर्ने, संयुक्त कार्यसमितिको वैठक वस्ने र Technical Intern and Training Program कार्यान्वयनको सम्वन्धमा जापान सरकार प्रतीवद्ध रहेको जनाउनु भयो । यस किसिमको द्विपक्षीय भेटले नेपालमा रहेको वेरोजगारको समस्या तत्कालका लागि व्यवस्थापनमा टेवा पुग्ने र जापानी श्रम बजारमा रहेको श्रमिक अभावमा योगदान हुने द्विपक्षीय विश्वास व्यक्त भयो ।

भ्रमणकै क्रममा श्रम मन्त्री भण्डारीले जापानका Hon’ble Minister Ryuji Koizumi, Ministry of Justice सँग भेट गर्नुभयो । मन्त्रालयमा स्वागत गर्दै मन्त्री Ryuji Koizumi ले नेपाल र जापानको द्विपक्षीय सम्वन्धलाई यस किसिमको भ्रमणले थप मजवुत वनाउने विश्वास व्यक्त गर्नुभयो । भेटमा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई परेको visa/ dependent visa सम्वन्धी समस्यामा सहजीकरण हुन र जापानी भाषा परीक्षा केन्द्रहरु वढाउन अनुरोध गर्नुभयो । मन्त्री Ryuji Koizumi ले यस विषयलाई सम्वोधन गर्न आफूले काम गर्ने विश्वास दिलाउनु भयो । भेटमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा वहादुर सुवेदी र प्रतिनिधि मण्डलका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box