अर्घाखाँची सम्पर्कमा दक्षिण कोरियाले मनायो सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४

कोरियाअपडेट प्रवास

कामदार दैनिक
सौल / दक्षिण कोरिया ।

अर्घाखाँची सम्पर्कमा दक्षिण कोरियाले मौलिक संस्कृतिलाई जोगाउने र दिपावलीमा मनोरञ्जन लिँदै चाड मनाउने उद्देश्य सहित विशेष रूपमा आयोजना गरेको सुपादेउराली देउसी भैलो तथा सांस्कृतिक साँझ २०२४ सम्पन्न भएको छ। नोभेम्बर २ साझ आयोजना गरेको यस कार्यक्रम सौल स्थित निक नेपाल ट्रावर्सको सभा हलमा सम्पर्क मञ्चका का ब अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा र कार्यवाहक राजदूत पुष्पराज भट्टराईको प्रमुख अतिथित्वमा सम्पन्न भएको हो ।


प्रमुख अतिथि पुष्पराज भट्टराई ज्युले मौलिक संस्कृतिहरूको विशेष महत्व हुने र आगामी दिनहरूमा पनि मञ्चले यसैगरी नेपालीहरूको मौलिक सांस्कृतिक झल्कने गरि कार्यक्रमहरू आयोजना गरि यसलाई जगेर्ना गर्नको निम्ति सुझाव दिदै कार्यक्रमको लागि विशेष धन्यवाद पनि दिनुभयो । कार्यक्रममा एनआरएन अध्यक्ष बुद्धि गुरुङज्यू प्रवासी मजदुर युनियन सङ्घका अध्यक्ष उदय राई ज्यु लगाएत अन्य अथिति ज्यु लरुले पनि आफ्नो भनाई राख्नुभएको थियो ।

यसै संस्थाका सचिव मिलन केसीज्यूको संयोजकत्वमा कार्यक्रमको आयोजना गरिएको थियो। सुपा देउराली तथा देउसी भैलो तथा सास्कृतिक साँझ २०२४ माउपस्थित हुनुभएका कार्यभायक राजदूत ज्यू , अन्य विशिष्ट अथितिज्यूहरू ,अतिथिज्यूहरू , कलाकार ज्युहरु लगाएत उपस्थित सम्पूर्ण महानुभावहरुमा मन्चले धन्यवाद दिएको ।

 

 

Facebook Comments Box