सउल, दक्षिण कोरिया
दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहलले तातेको छ। आगामी सेप्टेम्बर २१-२२, २०१९ मा घोषित एन.आर.एन.ए.को सातौँ अधिवेशन हुन गइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो बर्षको अधिवेशन अत्यन्त महत्वपूर्ण र बिशेष हुने बिश्वास गरिएको छ।
यसै क्रममा चितवन स्थायी घर भएका डा. किशोर कोइराला एक दशकभन्दा लामोदेखि कोरियामा बस्दै आएका छन्। कोइरालासँग कोरियाको प्रहरी अफिस, अदालत, माइग्रेन सेन्टर, इमिग्रेशन, विद्यार्थी संगठन, एचआरडी कोरिया, पत्रकार महासंघलगागत विभिन्न क्षेत्रमा काम गरेको राम्रो अनुभव छ। बैदिक एंव सामाजिक ब्यक्तिको रूपमा परिचित डा.कोइरालाको एन.आर.एन .ए. दक्षिण कोरियामा सचिब पदको उम्मेदवारीले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाहरूमा थप खुसी र उल्लास छाएको छ। बैदिक ब्यक्तित्व एंव बहुमुखी प्रतिभाका धनी डा.कोइरालाई सर्बसम्मत निर्वाचित गराउनको लागि कोरियामा ठुलो बहस सुरु भएको छ।
यसैक्रममा नाम नबताउने शर्तमा एक सामाजिक अभियन्ताले डा.कोइरालाको उम्मेदवारीले हामी सबैलाई आनन्दित बनाएको र उहाँ जस्ता ब्यक्तिहरुलाई सर्बसम्मत निर्वाचित गराउनको लागि आफुहरुले प्रयास थालिसकेकोले उहाँ सर्बसम्मत निर्वाचित हुने कुरामा आफुँ ढुक्क रहेको समेत बताए। यही क्रममा आफ्नो प्रतिबद्धतासहितको तीनबुँदे योजना डा.कोइराले सार्वजनिक गरेका छन्।
उनले जारी गरेको तीनबुँदे प्रतिबद्धता यस प्रकार छन् ।
१) मन्दिर स्थापना:
६० हजार नेपालीको बसोबास भएको कोरियामा एउटा मन्दिर निर्माण गर्नेछु र आफ्नो धर्म कला संस्कृतिकाे जगेर्ना गर्दै जन्म र मरणसम्मको कर्मकाण्ड कोरियामै सम्पन्न गर्न सक्नेगरी वातावरण बनाउनेछु ।
२)विशेष गरी इपीएसबाट कोरिया आउनुभएका नेपालीहरुको सहयोगको निम्ति कल सेन्टरको स्थापना गर्नेछु ।
३) तीज, दसैं, तिहार, छ्ट, लोछार लगायत सबै धर्मावलम्बीहरुको चाडपर्ब मनाउनका लागी एउटा विशेष ठाउँ तथा हलको ब्यबस्था गर्नका लागि नेतृत्वदायी भूमिका निभाउनेछु ।