सोम तामाङ, उपाध्यक्ष पदका उम्मेदवार, गैरआवासीय नेपाली संघ दक्षिण कोरिया( (एन.आर.एन. ए)
सउल, दक्षिण कोरिया । दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहल बढेको छ। यसै क्रममा विगत १२ बर्षदेखि दक्षिण कोरियामा बस्दै आएका र यस अवधिमा नेपाल तामाङ संघ दक्षिण कोरियाको संरक्षक,नुवाकोट समाज दक्षिण कोेरियाको निवर्तमान अध्यक्ष तथा हाल वरिष्ठ सल्लाहकार ,नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको केन्द्रीय उपाध्यक्ष, प्रदेश नम्बर ३.एकता समाज दक्षिण कोरियाको सल्लाहकारको रूपमा रूपमा नेपाली समुदायलाई सहयोग पुर्याउदैँ आईरहेका सोम तामाङले दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कोरियामा रहेका उनका शुभचिन्तक, शुभेच्छुक एंव सामाजिक अभियन्ता साथीहरूको अनुरोधमा आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउने तामाङले NRNA बाट सामुहिक लगानीमा कृषि तथा उद्योग खोल्नका लागि पहल गर्ने नै आफ्नो मुख्य एजेन्डा रहेको समेत बताए।
उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफूलाई अत्यधिक बहुमतका साथ बिजय गराउन अनुरोध पनि गर्दै ६ बुँदे प्रतिबद्धताहरु लिएर आएका छन्।
1) ईपियसबाट दक्षिण कोरिया आएका साथीभाइ भाषागत समस्या आउन सक्छ, त्यस्को लागि मेरो ब्याक्तिगत र संस्थागत रुपमा सकेको सहयोग गर्ने छु।
2) कम्पनी मालिक र संगै काम गर्ने कोरियान वा अन्य देशका कामदारहरुबाट हुने शारिरिक तथा मानसिक यातनाहरु कसैले भोगिरहेको हुन सक्छ, त्यस्ता दाजु भाई तथा दिदी बहिनीहरुलाइ मेरो व्यक्तिगत र सस्थाको तर्फबाट उचित कानुनी परामर्श र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
3) कार्यस्थलमा दुर्घटनामा परि गम्भीर घाइते भई उपचारमा आर्थिक समस्या परेकाहरुको लागि आर्थिक सहयोग संकलन गरि सहयोग गर्ने प्रतिबद्ध गर्दछु ।
4) कानुनी समस्या र अन्य कार्यस्थल समस्या भोगिरहेकोहरुका लागि उचित परामर्श र समाधानका बाटाहरू औंल्याउँदिने प्रतिबद्धता व्यक्त गर्दछु ।
5) हेल्लो एनआरएन पछिल्लो समय कोरियामा बढिरहेको आत्महत्या र ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु हुने जस्ता समस्याहरुलाई न्यूनीकरण गर्नको लगि हफ्ताको एकचोटी जानकारी मुलुक हेल्लो एन.आर एन जस्ता सन्देश मुलुक अनलाईन परामर्श कार्यक्रमलाई जोड दिने छु।
6)नेपालमा सहि र सबैले सदुपयोग गर्न सक्ने किसिमको साना तथा मध्यम आकारको सामुहिक लगानीमा कृषि तथा उद्योग खोल्न बाताबरण बनाउन पहलकदम गर्ने छु ।