अबिरल आलोक
सौल, दक्षिण कोरिया
ललितपुर सेवा समाज र स्टार रेमिटले संयुक्त रूपमा गायिका आश्रा कुँवर लाई सम्मान गरेको छ। गायिका मात्र नभई कुशल गितकार, युवा वातावरण बैज्ञानिक एंव बैदिक ब्यक्तिको रूपमा आफूलाई स्थापित गराउन सफल गायिका आश्रा कुँवर लाई स्टार रेमिटको कार्यालयमा एक कार्यक्रम बिच सम्मानित गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा एन.आर.एन.ए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङको उपस्थिति रहेको थियो भने बिशेष अतिथि को रूपमा एन.आर.एन.ए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख अशोक प्रसाद मैनाली, ललितपुर सेवा समाजका अगुवा सन्तोष कोइराला, हेलो नेपाल कोरिया डटकमका कार्यकारी निर्देशक पुष्प राज लामिछाने र नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्काको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूमा नेपाल मगर संघकी स- कोषाध्यक्ष तारा पुन, स्टार रेमिटकी बजार ब्यबस्थापक समिक्षा घिमिरे लगायतको उपस्थिति रहेको थियो।
ललितपुर सेवा समाजका प्रस्थापित अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा एन.आर.एन.ए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङ र एन.आर.एन.ए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख अशोक प्रसाद मैनालीले संयुक्त रूपमा दोसल्ला ओढाई मायाको चिनो दिदैँ गायिका आश्रा कुँवर लाई सम्मान गर्नुभएको थियो। त्यसैगरि क्रमश: ललितपुर सेवा समाजका अगुवा सन्तोष कोइराला, हेलो नेपाल कोरिया डटकमका कार्यकारी निर्देशक पुष्प राज लामिछाने, नेपाल पत्रकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सन्तोष खड्का, नेपाल मगर संघकी स- कोषाध्यक्ष तारा पुन, स्टार रेमिटकी बजार ब्यबस्थापक समिक्षा घिमिरे एंव उपस्थित अतिथिहरुले खादा लगाएर सम्मान गर्नुभएको थियो। एन.आर.एन.ए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङले गायिका आश्रा कुँवर राम्रो गायिका मात्र नभएर बैदिक ब्यक्तित्वको बारेमा धेरै सुन्नुको साथै पढेको पनि र आज आफैँले सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै भबिष्यमा पनि एन.आर.एन.ए दक्षिण कोरिया गायिका आश्रा कुँवरलाई सहयोग गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो।
त्यसैगरी एन.आर.एन.ए दक्षिण कोरियाका प्रबक्ता एंव स्टार रेमिटका नेपाल प्रमुख अशोक प्रसाद मैनालीले स्टार रेमिट नेपालीहरुकै रेमिट भएकोले आश्रा कुँवर जस्ता हाम्रो देशका गहनाहरूलाई सम्मान गर्न पाउनु स्टार रेमिटको पनि गर्बको बिषय रहेको साथै स्टार रेमिटले बेला बेलामा राष्ट्रिय कलाकार तथा गायक गायिकाहरुलाई सम्मान गर्दै आईरहेको र, यो क्रम निरन्तर रहने पनि जानकारी गराउनु भयो। गायिका आश्रा कुँवर ले आफुँ यसरी दक्षिण कोरियामा नेपाली समुदायहरुबाट सम्मानित हुन पाउँदा ज्यादै खुसी लाग्नुको साथै आफूलाई अझ बढि जिम्बेवारी थपिएको महसुस पनि भएको र आगामी दिनहरुमा अझ राम्रो कोसेलीहरू नेपाली समुदाय समक्ष लिएर आउने समेत बताउनुभयो। कार्यक्रममा उल्लेखनीय रूपमा गायिका आश्रा कुँवरका फ्यानहरूको उपस्थिति रहेको थियो।