NRNA लाई सबैको हो भन्ने बनाउछुँ

कोरियाअपडेट प्रवास समाचार

मनोज गौतम, सचिव पदका प्रत्यासी गैरआवासीय नेपाली संघ दक्षिण कोरिया

दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनको चुनावी चहल पहल बढेको छ। यसै क्रममा एक दशक भन्दा लामो समयदेखि कोरियामा बिभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार बहन गर्दै आइरहेका एबं दुर्घटना, रोगी बिरामी , कम्पनी परिबर्तन , आदलती केस ,पुलिस केस लगाएत बिभिन्न नेपालीहरुको समस्यालाई आफ्नो समस्या भन्दा बढी महत्व दिइ लागि पर्ने सामाजिक अभियन्ता मनोज गौतमले दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एन.आर.एन. ए) दक्षिण कोरियाको सातौँ अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका छन् । मिजासिला स्वभावका गौतम नेपालीहरुको कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै सेवाको लागि पुगिहाल्ने कमलो मनका छन्। अहिले NRNA लाई धनी र ब्यबसायिहरूको सस्था भन्ने भ्रम दक्षिण कोरियाका नेपाली समुदायहरुमा भएकोले आफु त्यो भ्रमलाई चिर्दै NRNA लाई सम्पुर्ण नेपाली समुदायकालागि काम गर्ने सेवामुखी सस्थाको रूपमा बिकास गरी NRNA लाई सबैको सस्था हो भन्ने बनाउनु नै आफ्नो मुख्य एजेन्डा रहेको समेत बताउनुभयो ।

१) NRNA कोरिया लाई बैधानिक रुप मा कोरिया को समाज कल्याण मन्त्रालय बाट कानुनी रुप मा दर्ता गराई बैदेशीक सहयोग केंद्र (Migrant House ) जसरी नै परीचित गराई NRNA कोरिया लाई पनी कानुनी रुपमा दर्ता गराऊछु।

२) सम्पर्ण कोरिया बासी नेपाली को समस्या लाई मध्यानजर गर्दै दक्ष कोरियान भाषा अनुबादक को साथै 24 घन्टा सम्पर्क कार्यलय (Hot Line contact Center)को स्थापना गर्ने।

३) कोरियन सिप, प्रबिधी तथा कोरियन लगानी लाई नेपाल भित्र्याऊने ।

४) E-9 भिषा मा कार्यरत नेपालीहरूको बिभीन्न समस्या समधानको लागी कोरिया कै एक मात्र बैधानिक प्रबासी मजदूरहरूको संगठन MTU संगै सहकार्य गर्दै स्वतन्त्र कम्पनी परिबर्तन WPS लागुगर्न सहकार्य गर्ने।

५)पर्यटन बर्ष 2020 लाई सफल पार्न लागी पर्दै नेपाल को पर्यटकिय क्षेत्र सम्बन्धि ब्यापक प्रचार प्रसार गर्ने ।

६) बैबाहिक भिषा, ब्यापरी भिषा, वर्किंग भिषा आध्यायन, अध्यापन भिषा लगाएत बिभीन्न तरिकाले कोरिया मा बसोबास गरिरहनु भएका नेपाली हरुको समास्या समाधान मा सहयोग गर्नुका साथै कम्तिमा महिना को 1 पटक कोरियन बिज्ञ कानुन बिध संग निसुल्क कानुनी परामर्स आयोजना गर्दै समस्या आनुसार समधान गर्ने।

७) NRN कोरिया को बिगत को कार्यहरूको उच्च मूल्यांकन गर्दै छानबिन गरि सस्था को अर्थिक तथा सम्पूर्ण गतिबीधि परदर्शी र सक्क्षम बनाऊने ।

८) आपत्कालीन सहयोग तथा राहत कोस को स्थपना गर्ने।

कोरिया मा हामी नेपालीहरू 60 हजार भन्दा माथी छौ।
त्यसैले दिनानु दिन हरेक किसिम को रोग बिराम दुर्घटना मृत्यु लगाएत बेरोजगारी जस्ता समस्य मा परि दुख पाई रहेका छौ । त्यसैलाई मध्यनजर गर्दै आपत्कालीन सहयोग कोष को स्थपना गर्ने र बेरोजगार नेपालीदाजु भाई तथा नेपाली दिदी बहिनीहरू को लागी निसुल्क आबास तथा खाध्यान्न सहित NRNA आबास गृह को स्थपना गर्ने।

मैले एक दसक भन्दा धेरै कोरिया मा रही जहा जाऊ जता जाऊ जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो भन्ने भाबना लाई आत्मा साथ गर्दै पुर्ब देखी पस्चिम सम्म का हरेक नेपाली को सुख दुख मा साथ दिदै आएको छु र यदी मा कोरिया को NRNA को कार्यसमितिमारही सचिब को कार्यभार सम्हाले भने मैले गरेको यी सबै प्रतीबाद्द्ता आवस्य पुरा गर्ने छु।
तेसैले अब असल ब्याक्ती सक्क्षम ब्याक्ती लाई तपाईकोआमुल्य मत दिएर काम गर्न सक्ने सक्षम NRNA कोरिया बनाऊ।
धन्यवाद!

Facebook Comments Box