अबिरल आलोक
सौल, दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज एन आर एन कोरियाको अध्यक्षमा यज्ञ रा ज सुवेदी निर्वाचित भएका छन् । २८७९ मतदाता रहकोमा १८१२ मत खसेको थियो । उनी संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर बिजयी भएका हुन् । अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना सह-कोषाध्यक्षमा सन्तोष खड्का,महिला संयाेजकमा शुभद्रा पालुङ्गवा निर्बाचित भएका छन् ।सदस्यहरुमा दिनेश चौँलागाई-,उमेश पोख्रेल ,ओम बहादुर कार्की ,सुवास चन्द्र चौधरी, अवधेश कुमार चौरसिया ,बिश्वमणी दाहाल विजयी भएका छन ।
आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् भने सदस्यहरु पनि निर्बिरोध नै चयन भएका हुन् ।विजयी सबैंलाई एन आर एन का केन्द्रिय उपाध्यक्ष कुमार पन्तले पद तथा गोपनियताको शपथ खुवाएका थिए।
अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए ।निर्वाचन मण्डलको संयोजक देवी बस्नेतको अध्यक्षता भएको मत परिणाम घोषणाको संचालन निर्वाचन मण्डलकै सदस्य अशोक मैनालीले गरेका हुन ।
मत मरिणाम पुरा विवरण
अध्यक्ष
य ज्ञ राज सुवेदी 794विजयी
विपिन गुरुंग ६५४
वुद्धि गुरुंग ३१८
वरिष्ठ उपाध्यक्ष
दिपक पुन ९६६ विजयी
अमृत राई ६३१
उपाध्यक्ष संजिव राई ८सय ३ विजयी
सोम तामांग ७०५ विजयी
इदु लामिछाने ६०९ विजयी
अम्बिका ५७७
ईश्वर ४२८
महासचिव विमल सुवेदी
८६३ विजयी
धर्म रा ज जोशी ६सय ९
सचिव
रा ज कुमार स्यांगतांग७७२ विजयी
मनोज गौतम ५६९ विजयी
किशोर कोई रा ला ५२६
रोशन भट्टराई ५सय ८
कोषाध्यक्ष
चन्द्र राणा ६०१ विजयी
कु सांग ४७३
राजे न्द्र दुलाल ५०४
युवा स्रयोजक
अरुण श्रेष्ठ ८८९ विजयी
टिकाराम सुव्वा ४३६
अभिसेक सापकोटा ३१९
शनिवार उदघाटन भएको ,अभिवेशन आईतबार निर्वाचन परिणाम संगै सकिएकौ हो ।