अञ्जु केसीको कुशल नेतृत्वमा NCC ले पायो कोरियन सरकार बाट बैधानिकता

कोरियाअपडेट प्रवास समाचार

सौल, दक्षिण कोरिया

अञ्जु केसीको नेतृत्वमा NCC ले कोरियन सरकार बाट बैधानिकता पाएको छ। कोरियाका नेपालीहरुको मियो संस्था नेपाली सम्पर्क समिती (एनसिसी) कोरियाले स्थापनाको २५ वर्ष पछि वैधानिकता पाएको हो। दक्षिण कोरिया सरकारको मातहतको निकायमा दर्ता भई संस्थाले वैधानिकता प्राप्त गरेको हो। सन १९९३ मा यहाँका नेपालीहरुको सक्रियतामा स्थापना गरिएको यो संस्थाले यसअघि धेरै पटक दर्ताकालागि प्रयास गरिएपनि कानुनी जटिलताका कारण अहिले सम्म वैधानिकता पाउन सकेको थिएन तर अञ्जु केसीको कुसल नेतृत्वको फलस्वरुप धेरै लामो समयको प्रयास पछि अन्तत NCC ले कोरियन सरकार बाट बैधानिकता पाएको छ।

NCC को १६ औँ कार्यकालको लागी पहिलो महिला नेत्तृत्त्वको रुपमा चुनिएपश्चात सुरुदेखी नै अञ्जु केसीले NCC संस्थालाई जसरी हुन्छ कानुनी मान्यता दिनको लागी खटिरहेकी थिइन् । कुशल नेतृत्व, सक्रिय र सहयोगी मनकी धनि अन्जुले NCC लाई कोरियन सरकार बाट बैधानिकता दिलाएरै छोडिन्। बुबा पुर्ण बहादुर खत्री र आमा मिठु खत्रीको कोखबाट २०३१ सालमा जन्मिएकी अञ्जु परिवारलाइ सुखी र खुसी राख्ने कल्पनामा लुम्बीनी ओभरसिज मार्फत आज भन्दा १८ बर्ष पहिले सन २००१ मा दक्षिण कोरिया आएकी थिइन्। कोरिया बसाईको सुरूवातमा भाषाको समस्याले कठिन बनाएका दिनहरु अहिले पनि उनको मानसपटलमा ताजै छन् । माइनस २५ डिग्रीको मुटु टिठ्याउने हिउमा पनि कम्पनी कम्पनी चारेर अरुलाई काम खोज्दिने अञ्जुलाई क्रमिक रुपमा भाषा बोल्न र लेख्न सिकेपछि धेरै कुरा सहज बन्दै गयो। कोरियाकोे दुख विर्सेर नेपालीको दुखमा साथ दिदै आएकी सामाजिक अभियान्ता अञ्जु केसीले बिभिन्न समस्या परेका स्वदेशी विदेशी सम्पुर्णलाई विभिन्न सघसस्थामा सहयोगका लागि लगिदिने, काम नपाएकालाइ काम खोजिदिने ,पहिलो पटक कोरिया आउनेलाई आफ्नै खर्च गरेर सहयोग गर्ने, घरमा सम्पर्क गराउने जस्ता काम गरिरहिन्।

दिन रात केही नभनीकन सामाजिक सेवामा खट्टिरहने अञ्जुको रुपन्देही सम्पर्क समितीमा आवद्द भएसँगै अझ सामाजिक काममा सक्रिय भइन्। चार वर्ष अगाडि उनलाई नेपाली सम्पर्क समिती दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष बन्ने प्रस्ताव राखेर रुपन्देही सम्पर्क समितीले उम्मेदवार बनायो । उनी सानदार रुपमा बरिस्ठ उपाध्यक्षमा विजयी भइन। नेपाली सम्पर्क समितीमा आवद्द भएपछि उनको जिम्मेवारी अझ बढ्यो ।उनी अझै बढि सामाजिक सघसस्थाका कार्यक्रमा व्यस्त हुन थालिन्। उनी आफ्नो जिम्मेवारी पुरा गर्न कहिल्यै चुकिनन्। जिम्मेवारी बढेसँगै उनलाई खुलेर समाजसेवामा लाग्ने अवस्था सिर्जना भयो। आफ्नो ब्यस्तताका बाबजुद पनि टाढा टाढा बुसान, ख्याँजु, थेगु, मोक्पो लगायत कोरियाका सबै ठाउँबाट आएका निमन्त्रणा लाई स्विकार्दै कोरियाका सबै ठाउँमा पुग्ने अञ्जुको कोरियामा राम्रो प्रभाव रहेको छ।

नेपालीहरुको हरेक दुःखमा साथ दिने अञ्जुले गत वर्ष नेपालमा हातले कुँदेर बनाईएको बुद्धको प्रतिमा कोरिया ल्याउने कार्यमा मुख्य भुमिका निर्वाह गरे सँगै उनको चर्चाले शिखर चुमेको हो। यसै क्रममा कोरियामा रहेर दुइ देश बिचको धार्मिक ,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल बौद्व परिवार दक्षिण कोरिया ,रूपन्देही सम्पर्क समिति, रामेछाप सम्पर्क समिति लगायत किमे ,बुसान क्षेत्रले नेपाली सम्पर्क समिति (एनसिसि ) कोरियाकि अध्यक्ष अन्जु केसीलाई लाई सम्मान समेत गरिसकेको छ। आफ्नो नेतृत्वमा NCC लाई कोरियन सरकार बाट बैधानिकता दिलाउन सकेकोमा अन्जु साह्रै खुसी छिन्। नेत्रृत्व हस्तान्तरणको संघारमा रहेकी अन्जु NCC ले आगामी दिनहरुमा पनि नेपाली समुदायलाई अझ बढी योगदान दिनेमा ढुक्क छिन्। आफ्नो नेत्रृत्व हस्तान्तरण पछि पनि समाज सेवा आफ्नो दैनिकी नै भएकोले अझ सक्रिय रूपमा समाज सेवामा लाग्ने समेत उनले बताइन्।

 

Facebook Comments Box