सउल, दक्षिण कोरिया
आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एन.आर.एन.ए. को नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ। एसिया प्याशिफिक महिला फोरम संयोजक गुरुङ, दक्षिण कोरियामा मात्र नभएर नेपाल तथा बिभिन्न देशहरूमा समेत नेपालीहरुको हक हितको लागि निरन्तर खट्ने बरिष्ठ एंव चर्चित समाजसेवीको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। नेपालीहरुको कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै सेवाको लागि पुगिहाल्ने कमलको मनकी गुरुङ, बिशेष समाजसेवा गरे बापत दक्षिण कोरिया सरकार द्वारा प्रदान गरिने मानार्थ सिटिजन सिपको(मानार्थ नागरिक)उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुनुहुन्छ। महिलाहरूको साझ संस्थाको को सस्थापक अध्यक्षमा पनि सफल कार्यकाल सम्पन्न गरिसक्नु भएकी गुरुङ आदिवासी जनजाति लगायत दर्जनौं सामाजिक संघ सस्थाहरूमा समेत क्रियाशील हुनुहुन्छ ।समाजसेवी, ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) एसिया प्याशिफिक महिला फोरम संयोजकर हाल एन.आर.एन.ए.को नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजककि उम्मेदवार जुनु गुरुङ सँग गरिएको कुराकानीको संपादीत अंश:
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) एसिया प्याशिफिक महिला फोरम संयोजक भएपछि अहिलेसम्म के-के काम गर्नु भयो?
हामीले एन.आर.एन.ए .एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरीसकेका छौँ। साथै हङ्कङ र म्यानमारमा एशिया प्यासिफिक क्षेत्रका महिला कार्यक्रम भब्यताका साथ सम्पन्न भइसकेको छ। म हिजो कुनै पदमै नहुदाँ पनि बिश्व भरि रहनुभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले बिश्व भरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु।
एन.आर.एन.ए.को नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजकको रूपमा तपाईंको उम्मेदवारी किन?सर्बप्रथम त म पनि महिला र ब्यबसायी दुबै भएकोले, म महिला दिदी बहिनीहरुको समस्या सँग धेरै नजिकबाट परिचित छु। अझै सम्म पनि यो पुरूष प्रधान बिश्वले महिलाहरुलाई दोश्रो दर्जाकै नागरिकको रूपमा ब्यबहार गरिराखेको छ। अझै सम्म पनि महिलाको आवाजलाई दबाइएको छ, बैदेशिक रोजगारीको सिलसिलामा होस् या अरू कुनै रूपमा खाडी मुलुकदेखि बिश्वभरि रहनुभएका नेपाली दिदीबहिनीहरू घरेलु हिङ्साको सिकार हुनुपरेको छ, बलात्कृत हुनुपरेको छ र अन्त्यमा कुनै उपाय नलागेर आत्महत्या समेत गर्नु परेको छ र म यी सम्पुर्ण समस्याहरू समाधानको माध्यम बन्नचाहन्छु।,ति सम्पुर्ण पिडित दिदीबहिनीहरुको आवाज बन्न चाहन्छु तसर्थ मेरो उम्मेदवारी सम्पुर्ण महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउनका लागि, महिलाहरूको आर्थिक तथा ब्याबसायिक जिवन बलियो बनाउनको लागी एंव महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि रहेको छ।
तपाईंको एजेन्डाहरू के-के छन्?
म ६ बुँदे एजेन्डा लिएर आएकी छु, जुन निम्न अनुसार छन्:
१. महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एंव एन.आर.एन.ए. एंव आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने
२.मजदुर मैत्री एन.आर.एन.ए. एंव आइसिसी बनाउन पहल गर्ने
३. एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्या हरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने
४. विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरम ले ल्याएको एजेन्डा हरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने।
५.एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने।
६.नेपाल सरकारको समृद्ध नेपाल, समृद्ध नेपाली नारालाई साकार बनाउनको लागि बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एंव नेपाल भ्रमण बर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्नको लागि बिशेष पहल कदमी लिने साथै स्वास्थ्य नै धन हो भन्ने कुरा लाई सिरोपर गरी कठमाडौं को प्रदुषण लाई केहि हद सम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
अन्त्यमा के भन्नुहुन्छ?
यसपटक मैले हजुरहरुकै सल्लाह, सुझाव एंव आग्रहलाई सिरोपर गर्दै महिला फोरममा उम्मेदवारी दिने तयारी गरेको छु। मैले कुनै लोभले उम्मेदवारी दिएको होइन, म हिजो कुनै पदमै नहुदाँ पनि बिश्व भरि रहनुभएका आदरणीय श्रमिक, ब्यबसायि, बिधार्थी एंव बिभिन्न किसिमले रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्याहरूलाई समाधान गर्नका निम्ति सक्रिय थिए, आज पनि छु र भोलि पनि रहनेछु।
हजुरहअरूकै सहयोग र समर्थकले म आज एसियाका धेरै देशहरूमा महिला फोरम गठन गर्न सफल भएकी छु। एन.आर.एन ए. भनेको सबैको साझा संस्था भएकोले संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन र सबै क्षेत्रको प्रतिनिधित्वमा सुनिश्चित गराउनको लाई मेरो बिशेष पहल कदमी रहनेछ। आजको दिन सम्म आइपुग्दा हजुरहरु सम्पूर्णको साथ र समर्थनले गर्दा एसिया प्याशिफिकका हरेक देशमा महिला फोरम सशक्त र सक्रिय बन्न सफल भएको छ। यसको लागि हजुरहरु सम्पूर्णलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दै एन.आर.एन.ए.को नवौ विश्व सम्मेलन आइसिसीमा महिला फोरम संयोजक पदमा मलाई मतदान गरी अत्यधिक बहुमतका साथ बिजयी गराई हजुरहरूको सेबक बन्ने मौका प्रदान गर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।