सन्तोष खड्का, कामदार दैनिक
अन्तराष्टिय थिङ्ग ट्याङ्क इन्स्टिच्युट द्वारा आयोजित “कोरोनाले ल्याएको चुनौती र अबसर” बिषयक भर्च्युल अन्तरकृया कार्यक्रम जुम मार्फत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भन्डारी र मेडिकल अभियान्ता डा. अभिषेक राज सिङ बक्ताको रुपमा उपस्थित हुनुभएको थियो। करिब २ घण्टा सम्म सञ्चालन भएको उक्त कार्यक्रमलाई सामाजिक अभियन्ता बिनोद पौडेलले सहजीकरण गर्नुभएको थियो।
अत्यन्तै रोमाञ्चक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा जुम मार्फत स्वदेश तथा विदेशबाट उल्लेखनिय रुपमा सहभागिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बक्ताहरूले नेपाल सरकारले कोरोना नियन्त्रण र ब्यबस्थापनमा चालेको कदमहरू, कमजोरीहरू, आगामी दिनमा गर्नुपर्ने प्रयासहरु र कोरोनाले ल्याएको चुनौती र अबसरको बारेमा चर्चा गरेका थिए।
बक्ताहरू र सहभागिहरू बिचमा प्रत्यक्ष रूपमा प्रश्न उत्तर ले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। आगामी दिनहरुमा पनि नेपाल र नेपालीहरुको हितका निम्ति थिङ्ग ट्याङ्क इन्स्टिच्युट नेपालले निरन्तर रूपमा अन्तरकृया एंव बहस सञ्चालन गर्ने अन्तराष्टिय ठिङ्ग ट्याङ्क इन्स्टिच्युटका अभियन्ता नबिन राज जैसी र जित राज लोहनीले बताउनुभयो।