स्वास्थ्यकर्मीसहित २६ जनामा कोरोना संक्रमण

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं,५ भदौ । चितवन जिल्लामा स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा ११ जना महिला र १५ जना पुरुष गरी २६ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन् ।

उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन् । ती १९ जना भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन् । उनीहरू ९ वर्षदेखि ६७ वर्ष सम्मका छन् ।

क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमण देखिएको हाे ।

Facebook Comments Box