सन्तोष खड्का
न्युयोर्क, कामदार दैनिक
अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सहरमा रहेको कुइन्सको जमैकामा नेपालीहरू स्थायी वासिन्दाको रूपमा दिन प्रतिदिन बढ्दै गईराखेको सत्यलाइ मध्य नजर गर्दै आपसी एकतालाइ जोडन र संगठित रुप दिन एउटा विधिवत सॅंस्थाको आवश्कता महसुस गरि लगभग ५० जनाको उपस्थितीमा जमैका नेपाली सोसाईटी गठन भएको छ।
उक्त भेलाले जमैकामा बस्ने नेपालीहरूको सम्पर्कलाई व्यापक बनाउने , संस्थामा जमैकामा बस्ने सम्पूर्ण नेपालीहरुलाइ संगठित गर्दै लाने र नेपाली संस्कृतिको जगेर्ना गर्दै त्यहाँ बस्ने नेपालीहरुलाइ थप गोलवन्द हुँदै जाने निर्णय समेत गरेको छ। भेलाले निम्नलिखित व्याक्तिहरूलाई निम्न जिम्मेवारी दिने निर्णय गरेको छ :
अध्यक्ष :- कृष्ण आचार्य
उपाध्यक्ष :- नेवांग गुरूंग
सचिव :- भिम न्यापाने
कोषाध्यक्ष :- मुना ओझा
सदस्य:-
डा. प्रेम तिम्सिना
राजेश ढुंगेल
राम कार्की
पुस्कर खनाल
कृष्ण लामिछाने
भेलाले जमैकामा घर किनेर स्थायी बसोबास गरिसक्नु भएका वा गर्ने तयारीमा रहनु भएकाहरुसंग व्यापक सम्पर्क स्थापित गर्दै जाँदा आवश्यकता अनुसार सँस्थालाइ विस्तार गर्दै लानेछ।
कामदार दैनिक परिवार जमैका नेपाली सोसाईटी एंव सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।