बुटवल ।
रूपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा सामुहिक आलु खेती शुरू गरिएको छ । स्थानीयस्तरमा राेजगारीकाे अवसर सिर्जना गर्ने उदेश्यले किसानलाई व्यवसायिक अालु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरू गरीएकाे नगरपालिकाले जनाएको छ ।
तिलाेत्तमा नगरपालिकाकाे रू एक कराेड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीकाे रू १४ लाख र किसानकाे रू ५२ लाख गरि कुल रू दुई कराेड ६१ लाखकाे लागतमा स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे व्यवस्थापनमा सुरु गरिएको आलुको बिज बढाउने परियाेजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदान बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।
याे वर्ष बिजवृद्धिकाे लागि अधिकांश क्षेत्रमा पहिलो र दाेस्राे पुस्ताकाे अालु खेती गरिँदैछ । याे वर्ष उत्पादित अालुलाई अर्को वर्ष बीउकाे रूपमा बिक्री गर्नेगरी काेल्डस्टाेरमा राख्नेसम्मकाे याेजना रहेकाे सहकारी संस्थाकी व्यवस्थापक जमुना गिरीले जानकारी दिए ।
नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामुहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताए । व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको उनकाे भनाइ छ ।
यस क्षेत्रमा गुणस्तरीय बीउ उपलब्ध नभइरहेकाे अवस्थामा परियाेजनाअन्तर्गत उत्पादित बीउले अागामी वर्षहरूमा अालुकाे उत्पादन वृद्धिमा ठूलो सहयोग पुर्याउने नगरपालिकाकाे अपेक्षा छ । नगरपालिकाले अालु उत्पादक कृषक समूहलाई दिगाे बनाउन अागामी वर्षमा समेत बजेटकाे यथाेचित व्यवस्था गर्ने नगर प्रमुख घिमिरेले बताऐ । आलुकाे आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाकाे विस्वास छ ।
यसैगरी वडा नं १० काे काेटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा राेहिणी अन्नबाली उत्पादक कृषक समुह, प्रगतिशील महिला विकास सहकारी आधीले एक/एक बिघामा आलु खेती गरेका छन् । रासस