कामदार दैनिक
काठमाडौँ।
सञ्चार उद्यमी तथा वल्र्ड टेर्ड गु्प नेपालका अध्यक्ष शम्भु पोखरेलले मानार्थ विद्यावारिधि उपाधि पाएका छन् । अमेरिकाको ग्लोबल पिस युनिभर्सिटिले पोखरेललाई अन्तराष्ट्रिय अर्थशास्त्रमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो । युनिभसिटिले सञ्चार उद्यमी पोखरेललाई शनिवार भारतको चण्डिगढमा सो विद्यावारिधि उपाधी प्रदान गरेको हो ।
सञ्चार उद्यमी पोखरेल सिईओ क्लब ग्लोबलका एसिया रिजन हेर्ने सिईओ हुन् भने वल्ड्र्र ट्रेड गु्रप नेपाल अन्तर्गत पोखरेलको बिजनेस टेलिभिजन, व्ल्याक होल आईटि सोलसुन, रुम फर रेष्ट, नेपाल सिपिङ, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड ईन्स्युरेन्स, स्टार्ट अप हब नेपाल लगाएतका दर्जन हाराहारीमा कम्पनीहरु सञ्चालनमा छन् ।
सानैदेखि बहु प्रतिभाका धनी पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा पनि विद्यावारिधि गरिरहेका छन् ।
पोखरेलले विकाशोन्मुख देशको अन्तरदेशिय व्यापारघाटा घटाउन गहन उपाय निकाले वापत सो उपाधी प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।
कामदार दैनिक परिवार शम्भु पोखरेललाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दै आगामी दिनहरुमा पनि उच्च सफलता र उत्तोरत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।