तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण

समाचार

नेपाल तरुण दलले ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिमको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीका लागि आज एक कार्यक्रमका बीच सो सामग्री हस्तारण गरिएको हो । अस्पतालका रजिष्ट्रार प्रा डा पारस आचार्यलाई दुई हजार ५०० मास्क, १० पिपीई सेट र २८ फेस शिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिनुभयो ।

 

Facebook Comments Box