उत्तरी अफगानिस्तानमा आठ प्रहरीको मृत्यु

अन्तराष्ट्रिय समाचार

मजार ए सरिफ, २३ फागुन

उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिनुभयो । उक्त भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएको उहाँले बताउनुभयो । हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन् । तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन् । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताउनु भएको छ । (रासस–सिन्ह्वा)

 

Facebook Comments Box