पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

अन्तराष्ट्रिय समाचार

बग्दाद, २४ फागुन

इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ । इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गर्नु भएको थियो । उहाँले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गर्नु भएको थियो । आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताउनुभयो । उहाँले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिनु भएको थियो जसमा उहाँले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राख्नु भएको थियो ।(रासस–एएफपी)

 

 

 

 

Facebook Comments Box