–घरडी कमलेश
तीब्र गतिको सुनसुनाहटमा
केही अपुग अपुग जस्तो
केहि बिच बाटोमै छुटेको जस्तो
धमिला पानीका बछिटाले
सङ्गो अनुहारमा छ्याप्दा
बन्द आँखाको उसमुहाट जस्तो
सारिक अल्पताको
अनुहारिक कताल जस्तो
सबै बिक्ने शहरमा
नबिकेका उस्का सपनाले
भित्रैदेखी झक्झकायो!!
छेउको सिटमा राखेको
चुरोट र लाइटरले तान्नु तान्यो उस्लाई
समातेको स्टेरिङ्गबाट हात फुस्की छोड्यो
साच्ची चुरोट छ र
उ छ!!
प्रत्येक दिनका कसम
नयाँ महिनामा छोड्ने जुक्ती
बर्ष फेरिन लाग्दा
छोड्छु भन्ने संकल्प
लाग्छ उस्ले छोड्न चाहे नि
चुरोट उ बाट अलग्गिन चाहन्न
कस्को लागि हुनु छ र निरोगी
कस्को लागि लम्ब्याउनु छ र आयु
कस्को लागि फ्रेस राख्नु छ र स्वास
कस्को लागि बन्नु छ र सोझो र सादगी
अनि
कस्को लागि बचाउनु छ र चुरोटमा हुने खर्च ?
त्यही कस्को लागि निर्क्यौल नभएर
हो वा
भएर पनि भताभुङ्ग परेर हो
एकल रथमा, आफ्नै धुनमा
कुदिरहेको सारथीको चाबुक बनेर
अचेल चुरोटले धानी रा’छ
जुनदिनसम्म चाबुक समात्ने सामर्थ्य उ मा रहन्छ
त्यो दिनसम्म लत्रिरहने छ यसै गरि
बिगत सम्झन चाहन्न
भविष्यको चिन्ता छैन
वर्तमानमा निराशा बाहेक अरु छैन
रिझाउन केही बाकी छैन उस्लाई
त्यही भएर
चुरोट छोडीदे
भन्न सक्ने सामर्थ्य मसंग छैन
बालापनमा बालसुलभता धितो राख्यो
किशोरावस्थामा चञ्चलापन
युवावस्थामा खुनपसिना धितो राखेकै छ
त्यही आफ्नै खुनको केही बुदको
चुरोट पियो त रोक्ने म को हु?
बुढेसकाल धेरै भए बृद्धाश्र चहार्ला
भरथेग नभएको जिन्दकी के आशा!!
रोकिएला या नाईं
उस्मा निर्भर
तर तारमाम्य जिन्दगीमा
अभुतपुर्व जोडिएको यो सम्बन्ध
आफ्नैबाट पाएको धोकाले हो
वा
निरशता भरिएको जिन्दगीले हो
धनिको बोली बिक्ने शहरमा
गरिबका खुनपसिना बाहेक अरु बिकेन
देखेका सपनाका पोका मनमै बाधिए
ती रंगिला सपना बिकेनन्
त्यसैले थोरै भए नि गम भुलाउने
चुरोटलाई साधुबाद!!