तेजले ल्याए शैक्षिक गुणस्तर अभिवृद्धिको लागि महत्वाकांक्षी योजना

समाचार

सन्तोष खड्का 

कामदार दैनिक 

शैक्षिक गुणस्तर अभिवृद्धिको लागि महत्वाकांक्षी योजना अन्तर्गत अफलाइन एप लिएर समाजसेवी तेज बहादुर चन्द आएका छन्। उनले देशभरीका सरकारी स्कूलहरूको लागी कक्षा ६ देखी १२ सम्म बिज्ञान(science)र ब्यवस्थापन (management) फ्याकल्टीको सजिलो मोबाइल सिकाइ(mobile easy learning) एप्लिकेसन बनाएका छन्। विभिन्न कठिनाइका पार गर्दै एप्लिकेसन बनाउन र अन्तिम रुप दिन एक वर्ष लागेको हो।एप्लिकेसनमा भिडियो र अडियो मार्फ़त बिध्यार्थीहरूको पठन पाठन गरिने छ । मोबाइल नेटवर्कको समस्या भएको हाम्रो देशको अहिलेको परिस्थितिमा यो एप्लिकेसनको लागि नेटवर्कको आवश्यकता हुुँदैन। यो अफलाइन (offline) हुनेछ। बैतडीका स्थानीय तहमा बैशाख पहिलो हप्ता देखि यो कार्य शुभारम्भ हुँदै छ भने बाकी देशैभरी लगत्तै यस्को कार्यान्वयन गरिने छ। स्थानीय सरकारहरू संगको सहकार्यमा यो एप्लिकेसन हरेक स्थानीय तह सम्झौता गरेर हरेक स्कूलहरूमा डिजिटल लाइब्रेरीको स्थापनाका साथ हरेक बिध्यार्थी तथा तिनका अभिभावकहरुको मोबाइलमा पनी उक्त एप्लिकेसन राखेर बिध्यार्थीहरूले ज़तीबेला नी पढ़न सक़्ने छन। बिध्यार्थीले कोचिंग क्लास, होम ट्युसन लगायत गाइड, गेस पेपर तथा थप कक्षाको बोझ बाट मुक्त भई उच्च अभिरुचिका साथ फ़िल्म हेरे जस्तै पढ्न सक्नेछन। यसले चौबीसै घण्टा विद्यार्थी अनुकूलित वातावरणमा आरामदायीको साथ सबै समुहलाई शैक्षिक शुद्धता तथा शैक्षिक गुणस्तर बराबर खालको प्रदान गर्नेछ। फलस्वरूप गुणस्तरीय शिक्षा आर्जन गर्न सहयोग गर्ने छ।

बिशेषत यो एन अफलाइन चल्ने भनेकाले पनि यो ब्यापारिक प्रायोजनको लागि नभई सबै समुदायका विद्यार्थीलाई समानुपातिक शिक्षाको लागि बनाइएको एप्लिकेसन हो। तर हरेक बर्ष अपग्रेड र कमिकमजोरीहरुलाई सुधार गर्दै लानको लागि चाहिने आर्थिक सहयोगको लागि हरेक पालिकामा भित्र पर्ने बिध्यालयको अनुपातको आधारमा मूल्य तोकिने छ। छोटो अवधीको लागि नभइ लामो समयसम्म र दीर्घकालीन सोचका साथ बनाइएको एप्लिकेसन हरेक वर्ष नवीकरण गरिनेछ। एप्समा देखा पर्न सक्ने समस्या, थप चुस्त दुरुस्त राख्न र समयको मागलाई मध्यनजर गर्दै प्रत्येक बर्ष एप्लिकेसन अपग्रेड तथा प्रदान गरिएका सेवा सुविधा अपग्रेड गर्ने गरि लन्च गरिदै छ। एप्लिकेसन अपग्रेड प्रत्येक बर्ष स्वत: कम्पनीले नै गर्ने जिम्मा लिएको छ।

एप्लिकेसन निर्माता श्री तेज बहादुर चन्द को हुन?

एप्लिकेसनको अवधारणा र निर्माण युवा समाजसेवी, प्रखर वक्ता, दुरदर्शि र महत्वाकांक्षी योजनाकार तथा बौद्धिक ब्याक्तित्व तेजबहादुर चन्दले गरेका हुन्। समाजसेवी चन्द वर्तमान समयमा नेपाली काङ्ग्रेस, बैतडी प्रदेश सभा क्षेत्र न. ‘ख’ का सभापति समेत  हुन्। मुम्बई बिश्वबिद्यालयबाट बिजिनेस एड्मिनिष्ट्रेसनमा स्नातकोत्तर गरेका उनले लामो समय भारतमा बसि आफ्नै व्यावसाय समेत संचालन गरेका थिए।  मातृभुमिको माया र समाजसेवी मनले डोर्‍याएर स्वदेश फर्किका चन्द हजारौं दुखी गरिबलाई गरेको सहयोग र नेपालमै पहिलो पटक सबैभन्दा ठूलो धनराशिको क्रिकेट प्रतियोगिता ‘ शुभकामना कप’ देहिमाण्डौमा शुभारम्भ तथा कालजयी देउडा गीति एल्बम “जय हो जन्मभूमि” का रचयिता र समाजसेवाका क्षेत्रमा उनले आफ्नो अलग्गै पहिचान समेत बनाएका छन्। स्थानीय स्तरका कार्यकर्ता देखि केन्द्रिय नेता सम्म राम्रो छबि बनाउन सफल उनी सामाजिक अभियान्ताका रूपमा नि निकै सक्रिय छन्।

एक सफल राजनीतिक नेतृत्वकर्ता र सामाजिक अभियन्तालाई कामदार दैनिक परिवार सुनौलो भविष्यको हार्दिक  शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box