– घरडी कमलेश
हावाले पात हल्लायो
मनको बहमा बहकियौ
हावाको आडमा हागाले
फ़ेदको कन्सरी चुटेको देख्दैनौ
सासको गति रोक्न माहिर छौं
मुटुको चाल रोक्न प्रलय नै आउनु पर्यो
कहि ढलेको सिन्कोले बाटो छेक्यो
बाटो फेर्यौ तर पछ्याएनौ
कहि सिङ्गो रुख कुहिएर बिलिन भो वास्तै भएन
टाढाको तिरङ्गा देखेर मन लोभ्याउछौ
छेउमा देश रोइरहेको वास्ता गर्दैनौं
प्रभुत्वको हुकुमता चल्यो हजुर
योग्यताको ढुकुरी रुङ्ने कुरा भएन
भोको पेट बेल्चा हान्नेका दिन आएनन्
गफ चुटेर दिन कटाउनेहरुले
सम्राज्य खडा गरिदिए
तिमी ‘ए’ बाट ‘बि’ मा पुग्न
दाउ पेच लडाउनमै ब्यस्त छौं
कोहि ‘जेड’ बाट ‘ए’ मा झरेको देख्दैनौ
चंचलताले पराकाष्ठ पार गरिरहेकै बेला
परोपकारिले सुम्पिएको शहरमा बत्ती बलेन
विकास एक खहरे भेल सरि भो
रुङेर आयो तर दिगो भएन
भु- संरचना कमजोर भो हजुर
कृतिम संरचनाका
बलिया पिल्लर गाडेर के गर्छौं।