विवेकशील नेपालीका संस्थापक थापाको निधन

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं।साझा विवेकशील पार्टीका संस्थापक तथा विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको ४४ बर्षको उमेरमा मंगलबार निधन भएको छ ।

कोरोना संक्रमणपछि गम्भीर बनेका थापाको मेडिसिटी अस्पतालमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन ९एक्मो मार्फत उपचार थालिएको थियो ।

सोमबार उनको रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्था अन्त्यन्तै बिग्रिएकाले बचाउन नसकिएको अस्पताल प्रशासनले बताएको छ । थापाको सचिवालयले पनि थापाको मृत्युको पुष्टि गरेको छ ।

सचिवालयले एक विज्ञप्ति जारी गर्दै अथक प्रयासका बावजुद पनि थापालाई बचाउन नसकिएको भन्दै उपचारका क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

Facebook Comments Box