-घरडी कमलेश
राष्ट्रियता का अम्मली पारखी
रगत उम्लिन्थ्यो
देशको नाम गलत उच्चारणले समेत
खुन त उम्लिन्छ अझ पनि
बस तात्त्विक भिन्नता छ
मगजमा राष्ट्रियता र
हातमा देशको झण्डा छैन
पार्टीको झण्डा बोके देखी
भाइबन्धु, नातागोता बचेन
कुनै बेला सार्वभौमको लागि
बोकेको खुकुरी
अचेल नेताको बचाउ मा नाचिरा’छ
ब्रुजुवा शिक्षा फालेका अग्रणी
अङ्ग्रेजीको अगाडी घुटा टेक्छ्न
साहुकार साहु नै रह्यो
मजदुर मजबुर छ
दिन बितेकै छन जसोतसो
के सयलले रात बित्छन त?
आशाको पुलिन्दामा बिश्वासको तिर गढेन
उम्दाको आवाज दबाइयो
ढोगी हरुबाट लछारपाटो लागेन
निर्धा दबाइदा कारिन्दा शिखर चढे
चढेकाहरु ओर्लिने छाटघाट छैन
तातो तेलमा उम्ल्याहहरुको
जयजयकार मात्रै
फुलेका टाउका फेरिन्नन
आलोपालो घुम्छन मात्रै
सत्ता र जवानीको उन्माद छ
गुमाएको नैतिकता हो
तातो रगत तातै रह्यो
चिस्सिएको मानवता हो
Facebook Comments Box