–कमलेश घरडी
छिडीमा तपतप पानी झरिरहेको छ
मनको कालो बादल मडारिएर हो कि
धमनीका कुन्चित अंश भ्रमबाट
रगत उम्लिएको आभास हुँदै छ
जे होस् बाहिरी र भित्री संसार
अचाक्ली मिल्दोजुल्दो छ
संगै व्यतीत गरेको पनि नौ बर्ष भएछ
तितामिठा कहानीको लामो फेहरिस्त छ
केही प्रस्फुटन भए
केही मनको मझेरीमा बिलाए
आखिर समय भन्नू पनि
दिन, महिना र बर्ष गनेर बिताइने जो रै’छ
भविष्यको चिन्ता संगै
बिगतको सम्झना बाकी नै छ
आँखाका परेली कहिल्यै ओभानो हुन् पाएनन्
अझै कति बाकी रहने हो
मिल्न खोज्दा खोज्दै मिलेन
मध्यम वर्गीय परिवारको समस्या नै होला
अभाव र प्रभावमा बितेका
ती दु:खद क्षण सम्झिन मनै छैन
मन न हो कतिबेला आकाश जस्तै विशाल भै’दिन्छ
कतिबेला चिम्टी भन्दा साघुरो
बिचको तारताम्य मिलेन
सङ्गै बस्ने चाहाना त दुबैको अझै छ
अब परिस्थिति हाम्रो हातमा छैन
हृदयले हस्ताक्षर गरिसक्यो
अब बाकी त्यही कागजी रुपान्तरणको हो
खुसहाल जिन्दगीका भावुक क्षण
अनि भावनामा बगेका मनका सपना
आसलाग्दो भविष्यको उज्यालिदो किरण
मनको पैरो ले बिस्तारै गाल्दै लाग्यो
पहिला निर्मल आँखामा देखिने सपना
अचेल निन्द्रामा समेत आउन छोडे
म म नै बाकी नरहने देखे
छुट्टिनुको विकल्प देखिएन
मंगलशुत्र र चुरापोते
अनि श्रीमानको नामको सिन्दुर हुदा हुँदै
केही गिद्धहरुको गिद्धेनजर नजरअन्दाज गरेकै हो
मन हो आफ्नो मान्छे सङ्गै नहुदा डुल्दो रै’छ
अन्जानबाट यात्रीबाट
साथीको आत्मीय बढ्दै गयो
नबोल्ने बानी थोरै थोरै गरेर
हासो ठट्टामा थमौती हुँदै गयो
बस् उ सङ्ग नजिक हुँदै गए
मैले म विवाहित भएको बिर्सदै गए
उस्को नजिकिपन रमाइलो लाग्दै गयो
बस् म त्यो अन्जान सङ्ग मोहित हुँदै गए
नराम्रो कामको परिमाण
राम्रो हुन्न थाहा छ
सात जन्म साथ रहने कसम
अनि केही रंगिन सपना
मैले मेरै हातबाट तिन्को घाँटी निमोठे
लुकाएको तितो सत्य
उम्लियो र पोखियो
मनको अन्तरङ्ग श्रीमानको कानमा पर्यो
गल्ती मेरो हो कि
विदेशीएका श्रीमानको
वा उम्लिदो जवानीको
म अब यो सोच्दिन
अब सोचेर पनि फाइदा छैन
बस् आज त्यो कागजी रुपमा
हस्ताक्षर गरेर त्यो सात जन्मको
कसममा पुर्णबिराम लगाउनु छ
बाकी राम जाने
एक हवसको पुजारी भएर
पवित्र सम्बन्धको इहलिला समाप्त गर्नु छ।