गजल

समाचार साहित्य

– सुन्य प्रकाश

 

मुरी होस् या मानो के फरक पर्छ र
खाने त्यही हो दानो के फरक पर्छ र

 

हेर्नुस् खुँडाहरू गोही आँसु रुन्छन्
म त झन अचानो के फरक पर्छ र

 

‘मायामा समर्पण’ बिर्सिदिनू तिम्ले
भनाइ हो पुरानो के फरक पर्छ र

 

घाटमा पुग्दा सबै एउटै नापका हुन्छौँ
को ठूलो, को सानो के फरक पर्छ र

 

पिता समान हुन्छ, नचिन्दा चोर पनि
फलानो, ढिस्कानो के फरक पर्छ र

Facebook Comments Box