काठमाडौँ, १८ मङ्सिर । अपाङ्गता गराउने प्रमुख दश समस्यामध्ये चार मानसिक समस्याको कारण हुने गरेको बताइएको छ ।
कोशिश नेपालले २७ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको न्यूनीकरण र त्यससम्बन्धी विभिन्न प्रवद्र्धनात्मक कार्य गर्न÷गराउनका लागि बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरिएको छ ।
संस्थाका कार्यकारी निर्देशक मातृका देवकोटाले नेपालमा नसर्ने रोगको समस्यामध्ये १८ प्रतिशत समस्या मानसिक रोगको कारण हुने गरेको बताउनुभयो ।
जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको एक दशमलब ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलब ६, न्यूनदृष्टिभएका १६ दशमलब पाँच र सुन्नमा समस्या भएका १५ दशमलब चार प्रतिशत छन् । त्यसैगरी मानसिक अपाङ्गता भएका ६ दशमलब ६४ प्रतिशत छ । यस वर्षका लागि नारा ‘मलाई गणना गर, समावेश गर’ भन्ने रहेको छ ।