अशोक खड्का
काठमाडौँ।
नेपाल परिवार दलको युवा संगठन पिस फोर्सको अध्यक्षमा रबिन्द्र चौलागाई नियुक्त भएका छन्। सोमबार बसेको केन्द्रीय कार्य समितिको बैठकले चौलागाईलाई सो जिम्मेवारी प्रदान गरेको हो। चौलागाईको प्रदेश ३ मा सार्हैँ राम्रो पकड रहेको छ। उनको यो जिम्मेवारी सँगै उनलाई भाबी नेत्रृत्वको लागि शशक्त युवा नेताको रूपमा समेत हेरिएको छ। कोरिया, थाइल्याण्ड, भारत लगायत बिभिन्न देशहरूमा राम्रो जन सञ्चार भएका रबिन्द्रको नेत्रृत्वले परिवार दललाई ठुलो सहयोग हुने देखिएको छ।
साथै बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी कार्तिक २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनमा ५० हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५ सय प्रतिनिधिले महाधिवेशनमा सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।
सोमबारको बैठकले विधान शंशोधनको सिफारिस गर्न अधिवक्ता दयाराम कंडेलको संयोजकत्वमा गणेश कुमार श्रेष्ठ, गोभिन्दनाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ।
त्यसैगरी महामन्त्री डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न सीफारिस समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले बताए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसंग सहकार्य गर्दा धोका खानु परेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे ।