कामदार दैनिक संवाददाता
काठमाडौँ।
सर्भिस फर पिस नेपालका महासचिव सरोज खनाल सुतेकै अबस्थामा मृत भेटिएका छन्। सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृहका संचालक एवं समाजसेवी खनालको मृत्युको कारण खुल्न सकेको छैन। गंगापुर पुख्र्यौली घरभई हरिवनस्थित सुखेपोखरीमा बाल अनाथाश्रम संचालन गर्दै आएका ५३ वर्षीय खनाल धादिङमा आफ्नै कोठामा सुतेकै स्थानमा मृत फेला परेका हुन् ।
सर्भिस फर पिस नेपालका महासचिव खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही दिनदेखि त्यहाँ बस्दै आएका थिए । खनाल बिहिवार बिहान सुतेकै अवस्थामा मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक विकासका विभिन्न कार्यमा संलग्न स्वर्गिय खनाल नेपाली कांग्रेसका नेता विनोद खनालका सहोदर भाई हुन् । खनालको मृत्युपछि सर्लाही र काठमाण्डौंमा रहेका उनका आफन्तहरु अहिले धादिङ पुग्नेक्रम चलिरहेको छ ।
खनालको शव पोष्टमार्टमका लागि धादिङ जिल्ला अस्पतालमा राखिएको छ । खनालको मृत्युपछि सर्भिस फर पिसका अध्यक्ष समेत रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि अहिले धादिङ आउँदै छन् ।