मृगौला पिडित डम्बरकुमारी पुरी भन्छिन ‘म बाच्न चाहन्छु’

समाचार स्वास्थ्य/शिक्षा

भनिन्छ दशा बाजा बजाएर आउँदैन । मानिसले जे नहोस भन्छ त्यहि नै भईहाल्छ । यस्तै भयो खोटाङको ऐसेलुखर्क गाउपालिका वडा नं २ बस्ने डम्बर कुमारी पुरीलाई पनि ! कमजोर आर्थिक अबस्था भए पनि दुःख सुख गर्दै खुसिसाथ जीवन बिताई रेहेकी पुरीले यो अवस्था आईलाग्ला भनेर कल्पान सम्म पनि गरेकी थिईनन् ।

खोटाङको ऐसेलुखर्क गाउपालिका वडा नं २ बादेल बस्ने यम कुमार पुरीको २८ वर्षीय छोरी डम्बर कुमारी पुरी अहिले दुवै मृगौला फेल भएर काठमाण्डौमा उपचाररत छिन् । पुरीको उच्च रक्तचापको कारण दुबै किड्नी फेल भएको चिकित्सकहरुले बताएका छन्।

२८ बर्षकै उमेरमा यस्तो गम्भिर रोगबााट ग्रसित उनको औषधी उपचारले मात्र निको नहुने भएको छ। मृगौला प्रत्यारोपण गरेमात्र उनको जीवन बच्ने भएको छ । खोटाङ जिल्ला अस्पतालमा रोग पत्ता लागेपछि उनलाई बिराटनगरको नोवेल अस्पताल रेफर गरीयो त्यसपछि विभिन्न अस्पताल हुदै अहिले काठमान्डौको शिक्षण अस्पतालमा भर्ना भई हेमो डाईलासिस गरिदै छ।

क्रस म्याच मिल्यो भने डम्बर कुमारीकै ५५ वर्षीय बुबा यम कुमार पुरीले आफ्नो छोरीलाई एउटा मृगौला दिन्छु भनेको भएता पनि मृगौला प्रत्यारोपण गर्नलाई आबस्यक करिब २० लाख रूपैया लाग्ने र कमजोर आर्थिक अबस्थाको कारण पुरीको परीवारले उक्त रकम जुटाउन नसक्ने भएपछि बाकाचोल सेवा समाजले बचाउ अभियाननै सञ्चालन गरेको छ।

पिडित डम्बर कुमारी उक्त संस्थाको आजीवन सदस्य रहेकि र आर्थिक सहयोग गरि जीवन बचाई दिनु भन्दै निवेदन समेत दिएकि छिन् । मातृभूमि बाकाचोल सेवा समाजले बैठकनै बसेर संस्थाकै आजीवन सदस्य डम्बर कुमारी पुरीको जीवन रक्षाको लागि सामाजिक संजाल मार्फत सहयोगको अपिल गर्ने निर्णय गरेको अभियान्ता टिकाराम पुरीले बताए ।

उनले २८ बर्षिय पुरीको जीवन रक्षाको लागि सम्पूर्ण मनकारी स्वदेशी तथा बिदेशी नेपालिहरुमा सहयोगका लागि अपिल समेत गरेका छन् । पिडित डम्बरकुमारी पुरीको राष्टिय बाणिज्य बैक एसेलुखर्क शाखाको खाता नम्बर : २३३०१०००००६३४०१० मा सहयोग गर्न सक्नु हुने छ । उनलाई ९८४२७३९४२५ नम्बरमा फोन गरेर कुरा गर्न सकिन्छ । पूर्वीखबर डट कमबाट

Facebook Comments Box