-कमलेश घरडी
नेपाली काँग्रेसका युवा नेता रिकेश बहादुर बोहराले काँंग्रेसको १४ औं महाधिवेशनमा बैतडी प्रदेश सभा (क) को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणापछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् ।
बोहराले चुनावी प्रचारमा आफ्नो उम्मेदवारीको औचित्य स्पष्ट पार्दै काँग्रेस बलियो बनाउने वाचा गरि रहेका छन् । उनले काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, पार्टीलाई नयाँ जीवन दिने, थप उर्जा भर्ने, संगठनमा न्याय, निष्पक्षता, मूल्याङ्कन परिपार्टी बसाउने वाचा गरेका छन् ।
काँग्रेस कार्यकर्तालाई सैद्धान्तिक, व्यवहापरक, नीतिगत प्रशिक्षण गराई विपक्षीसँग बहस गर्न सक्ने क्षमतावान कार्यकर्ता उत्पादन गर्ने कांग्रेस बनाउने लक्ष्य बोहराको छ ।
उनी पार्टीमा सबल, सक्षम र युवा नेतृत्व दिन आवश्यक भएको भन्दै काँग्रेस नेता कार्यकर्तालाई आफूलाई सहयोग गर्न आग्रह गरि रहेका छन ।
१२ वर्ष अघि नेपाल विद्यार्थी संघको सदस्य भएर काँग्रेस राजनीतिमा आएका बोहराले साविक रुद्रेश्वर गाविसको पार्टी सभापति भएर जिम्मेवारी वहन गरि सकेका छन् ।
उनी विद्यार्थी राजनीतिमा आएको दुई वर्षपछि २०६८ मा दुर्गा माध्यमिक विद्यालय सिमारको इकाई सभापति र त्यसपछि २०६९ मा संघको क्षेत्रीय उप सभापति र जिल्ला सदस्य भएका थिए । २०७२ को जिल्ला अधिवेशनबाट उनी संघको जिल्ला सचिवमा उम्मेदवार भएका थिए ।
भन्छन्, ‘काँग्रेसको राजनीतिमा सक्रिय छु, समाजका अन्याय अत्याचार भष्टाचार विकृति, विसंगति, सुशासनको पक्षमा सधैं आवाज उठाउँछु, देश विकास र समाज परिवर्तनमा सधैं समर्पित हुन्छु ।’