समाजवादी प्रेस सङ्गठन नेपालले गोरखापत्र संस्थानमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई हटाएकामा खेद प्रकट गरेको छ ।
सङ्गठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले कुनै पनि आस्थाका आधामा श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने कार्य जायज नभएकाले सम्पूर्ण पत्रकारलाई बिनासर्त काममा फर्काउन आग्रह गरिएको छ । मुलुकमा पाँचदलीय गठबन्धनको सरकार भएको अहिलेको अवस्थामा सरकारी स्वामित्वका सञ्चार संस्थामा गठबन्धनको मर्म, भावना र सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमति विपरित पत्रकार निकालिएकामा दुःख व्यक्त गरिएको छ ।
Facebook Comments Box