ईशान बाल तथा महिला अस्पतालको भवन शिलान्यास

समाचार स्वास्थ्य/शिक्षा

काठमाडौं । विगत २४ वर्षदेखि बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर सेवादिई आइरहेको नेपालको प्रथम निजीबाल अस्पताल यस ईशान बाल तथा महिला अस्पतालमा विभिन्न विधाहरुमा विशेषज्ञ सेवा उपलब्ध रहेको छ ।

 

२४ घन्टा नै MD Paediatrics पेडियाट्रिक रजिष्ट्रारहरुबाट आकस्मीक सेवाउपलब्ध यस अस्पतालमा जटिल भन्दा जटिल नवजातशिशु तथा बाल शल्यव्रिया, अनुभवी तथा वरिष्ठ बाल रोग विशेषज्ञहरुबाट उपलब्ध सेवासुविधाको साथै NICU, PICU, २४ सै घन्टा महिला तथा प्रसुती, खोप सेवा, नाक, कान, घाँटी, बच्चाको क्यान्सर उपचार, छाला तथा यौन रोग, आँखा रोग विशेषज्ञ, हाडजोर्नी तथा फिजियोथेरापी , दन्तका साथै एम्बुलेन्स, अल्ट्रासाउन्ड, ल्याब, एक्स रे आदि सेवाहरु उपलब्ध रहेको जानकारी गराउन चाहन्छु । यसका साथै सबै उमेरका मानिसहरुलाई General Medicine, General Surgery, हाडजोर्नी , दन्त , छाला रोग , नाक,  कान, घाँटी तथाआँखा रोग सम्बन्धी सेवा समेत उपलब्ध छन् ।

यस अस्पतालका समय सापेक्ष सुविधाहरु तथाक्षमता वृद्धिगर्ने योजनाअनुरुप २०७५ साल मङ्सिर २६ गते आफ्नै साढे छ रोपनीको जग्गामा नयाँ भवनको शिलान्यास कार्यव्रmम डा नारायण बहादुर थापाको हातबाट सुसम्पन्न भएको छ । १०० शैया सम्म क्षमता रहेको बेसमेंट सहित ८ तल्लाको अत्याधुनिक भुकम्पप्रतिरोधात्मक भवन हाल रहेको अस्पताल भवनको पछाडि टोखा न.पा. ५ वडाको श्रीटोलमा निर्माण हुन लागेको छ । सो निर्माण कार्य करीब २० महिनामा सम्पन्न गर्ने योजना रहेको र सो भवन निर्माण सँगसँगै क्षमता वृद्धि स्विकृतिको लागि नेपाल सरकार सम क्षनिबेदनदिइ सकिएको छ ।

अस्पतालको आफ्नै भवन निर्माण पश्चात बाल, महिला तथा वयश्क स्वास्थ्य क्षेत्रमा नेपालको प्रथम निजि अस्पताल रहिआएको यस अस्पतालको सेवामा उल्लेखनिय सुधार तथा आधुनिक उपकरण उपलब्धगरी बिरामीहरुलाई अत्याधुनिकर भरपर्दो सेवा सुविधा दिने लक्ष्य यस अस्पतालको रहेको छ ।

Facebook Comments Box