-कमलेश घरडी
देश प्रतिको सद्भाव
देश प्रतिको भक्तिभाव
देश प्रतिको सम्मान र सम्मोहनता
तिमी शब्दमा खोज्छौ
म अन्तरहृदयमा
गलत तिमी हुँदै हैनौ
बसिआएको संस्कारको सिकार हौं
न तिमी सुधार्न खोज्छौ
न तिमी शब्दभन्दा बाहिर खोज्न सक्छौं
हृदयको अन्तर कुनामा लुकाएर राखेको
मेरो देशभक्तिको परिक्षण
तिमी खुकुला शब्दको तारोमा खोज्छौ
र भेट्दैनौ, भेट्ने पनि छैनौं
धमनिले प्रत्येक क्षण
प्रवाहित गरेको रगतको थोपाको
अम्लिय स्वादमा घोलक भएर
निरन्तर बगेको
न तिमी देख्न सक्छौं
न म देखाउन सक्छु
भोगेको दरिद्रता
र कुल्चिइएका सपना
दुखेको मन
र थाकेको मानसपटल
भोगिसकेको भुत
र भोगिरहेको वास्तविकता
जुन दिन बुझ्ने छौं
तब तिमी देशभक्ति शब्दमा हैन
अन्तरमनको चित्कारमा खोज्ने छौं
तिमी देख्नै सक्दैनौं
तिमी अनुभव गर्नै सक्दैनौं
तिमी बुझ्नै सक्दैनौं
किनकि मैले बाल्यकाल ददेखी
जे भोगेको छु
त्यो तिमीले न भोगेका छौँ
न भोग्नु पर्ने छ
शब्द बयान गरिने
कसैको सुन्दरता हुनसक्छ
कसैको तारिफ हुनसक्छ
कसैको कर्म र
त्यो कर्मले दिने फल हुनसक्छ
तर देशभक्ति बयान गर्न
बनेको शब्द न बनेको छ
न बन्ने छ
यत्ती हो जुनदिन तिमी
शब्द छोडेर अन्तरहृदयको पुकार सुन्नेछौ
देशभक्ती त्यहाँ प्रचुर मात्रामा घुलेको पाउनेछौ।