कामदार दैनिक संवाददाता
कोलोम्बो।
नेपाल परिवार दलका अध्यक्ष तथा नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाका महामहिम प्रधानमन्त्री महिन्दा राजापाक्छे संग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीजमा भएको भेटमा आपसी सम्बध र क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा छलफल भएको ढकालको सचिबालयले जनाएको छ। भेटमा प्रधानमन्त्री महिन्दा राजापाक्छेले ५ दशक अघि एक युवा सांसदको रुपमा आफ़ुलॆ लुम्बिनीको बिकासको बिषय उठान गरेको स्मरण गर्दै भगवान गौतम बुद्धको पबित्र जन्म स्थान लुम्बिनीको बिकासमा नेपाल संग सहकार्य गर्न श्रीलंका सधै तत्पर रहेको बताए।
विश्व शिखर सम्मेलन २०२२ को बिशेष दुत समेत रहेका ढकालले श्रीलंका सरकारलाई आयोजकको तर्फबाट आमन्त्रण पत्र पनि हस्तान्तरण गरे । भेटमा श्रीलंकका उर्जा मन्त्री गामिनी लोकूगे र डा चुला शिनारत्ने समेतको उपस्थिति रहेको थियो।