नेपाल-भारत दुई सार्बभौम राष्ट्र तर एक साझा संस्कृतिका देश : पुर्व मन्त्रि एकनाथ ढकाल

समाचार

कामदार दैनिक संवाददाता

नयाँ दिल्ली, भारत।

छिमेकि मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका पुर्व मन्त्रि एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित ” कन्स्टिट्युसन क्लब अफ इंडिया” मा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गरेका छन्। सम्बोधन गर्दै उनले प्रधानमन्त्रि नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिन को संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका सरकार प्रमुखले संयुक्त रुपमा दर्शाउनुभएको सांस्कृतिक येकैबद्दताले नेपाल र भारत दुई फरक सर्वभौम देश भए पनि एक साझा संस्कृतिका देश भएको तथ्य प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदी जी को उक्त सांस्कृतिक भ्रमणले नेपाल भारतको सम्बन्ध थप उचाईमा पुगेको कुरा पनि स्मरण गरे।

 

आफ्नो मन्तब्यको क्रममा पुर्व मन्त्रि एबं विश्व सिखर सम्मेलनका विशेष दुत समेत रहेका ढकालले “क्षेत्रीय सरकारी संगठनहरु निस्प्रभावी भैरहेको उल्लेख गर्दै एसियाली देशहरुको शान्ति र विकासका लागि युपिएफ कि संस्थापिका डा. हाक जा हान मुन द्वारा प्रस्तावित एसिया प्यासिफिक युनियन गठन गर्ने भन्ने प्रस्तावलाई कम्बोडियाको सरकारले समर्थन गरिसकेको सन्दर्भमा, उक्त युनियनलाई सार्थकता दिन भारतको सहयोग अति आवश्यक हुने भन्दै भारतले नेतृत्व लिनुपर्ने कुरामा जोड दिए।

 

सोहि कार्यक्रममा प्रमुख वक्ता रहेका ढकालले भारतका सासदहरु सुरेन्द्र सिंह नागार (बिजेपी) , फ्रान्सिस्को सर्दिन्हा (भारतीय काँग्रेस), एन. डि. गुप्ता (आप ), कुँवर दानिश अलि (बसपा) साथै प्रशिद्ध शिक्षाविद जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) कि कुलपति प्राध्यापक शान्तिश्री डी. पण्डित, इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालय (IGNOU) का कुलपति प्राध्यापक नागेश्वोर राव अनि नालन्दा विश्वविद्यालयकि प्राध्यापक सुनैना सिंह लाई शान्ति दुतको सम्मान समेत प्रदान गरे।

उक्त कार्यक्रममा भारतिय जनता पार्टिका राज्य सभा सांसद भुवनेश्वर कालिता, आम आद्मी पार्टिका विधायक अजय दत्त, भाजपा नेता विजय जोली , नेपालका लागि भारतिय पुर्व राजदुत के भि राजन लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।

पूर्व मन्त्रि ढकालले भारत सरकारका विदेश मामिला राज्य मन्त्रि डा राजकुमार रंजन सिंह संग पनि शिष्टाचार भेट गरेका थिए।दिल्ली स्थित सरकारी निवास न्यू मोति बाघमा भएको भेटमा मन्त्रि सिंह ले आफ्नो परम्परागत मणिपुरी दोसल्लाले पुर्व मन्त्रि ढकाल लाई अभिनन्दन गरेका थिए।

भेटघाटमा आपसी हित, क्षेत्रीय शान्ति तथा सुरक्षाको बारेमा कुराकानी भएको भेटमा सहभागी परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए। नेता ढकालले जवाहरलाल नेहरू विश्वविद्यालय को विशेष भ्रमण गर्नुभयो र सोहि अवशर मा उपकुलपति प्राध्यापक शान्तिश्री डी पण्डित संग विशेष अन्तरक्रिया समेत गरेका छन्। ढकाल बिहिबार स्वदेश फर्कदै छन्।

Facebook Comments Box