हेटौंडा अस्पताल र स्वतन्त्र युवा समूहबीच अन्तत १५ बुँदेमा सहमति

समाचार

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको हेटौडा अस्पतालको सेवा प्रवाहबाट असन्तुस्ट भई बिगत ७ दिन देखि निरन्तर आन्दोलनरत सार्वजनिक सेवा सुधार संघर्स समितिका स्वतन्त्र सचेत युवा समूह र अस्पताल प्रशासन बीच १५ बुँदे सहमति भएको छ ।


शुक्रवार अस्पताल प्रशासन र युवाहरुको समुह बीच भएको छलफल पछि निम्न सहमति भएको छ ।

१ सेवाग्राहीहरुको निमित्त सवारी साधनको निसुल्क र व्यवस्थित पार्किंग हुनेछ ।

२ सेवाग्राहीहरुको चापलाई ध्यानमा राखेर टिकट काउन्टर र जनशक्ति थप गरि बिरामीलाई अनावस्यक हैरानी तथा कठिनाई हटाइने छ ।

३ नेपाल सरकारको बिमा बापत उपलब्ध हुनु पर्ने सम्पूर्ण सुविधा चेक जाच र औसधि उपलब्ध हुनेछ । साथै बिमाबाट उपलब्ध नहुने औसधि अस्पतालमा नै खरिद गर्ने व्यवस्था गरिने छ ।

४ तोकेको समयमा सेवा अवधि भर स्टाफ, नर्स तथा डाक्टरहरुले अस्पतालमा सेवा दिइने छ ।

५ मुस्कान सहितको सेवा प्रदान गरिने छ ।

६ तोकिएको समयमा यस संस्थामा कुनै डाक्टरले अन्य मेडिकलमा गएर सेवा दिएको पाइएमा तत्काल कानुन कारबाही गरिने छ ।

७ सेवाग्राहीहरु लाइ सहज सेवा प्रदान गर्न हेल्प डेस्कको स्थापना गरिने छ ।

८ हरेक महिनाको १ दिन अस्पतालको प्रमुख, जिल्ला प्रसासन कार्यालयको प्रतिनिधि र संघर्स समितिले संयुक्त अनुगमन गर्ने छ ।

९ निशुल्क शुद्ध खानेपानी, सफा सौचालय, स्वच्छ बातावरण साथै सुबिधा सम्पन्न बिरामी कुरुवा कक्षको अनिवार्य व्यवस्था गरिने छ ।

१० कर्मचारीलाइ डिउटीको समयमा अनावस्य मोबाइलको प्रयोगमा रोक लगाइने छ ।

११ चमेनाग्रीहमा बिक्रीमा राखिएको सबै किसिमका खाद्य सामाग्रीहरुको मूल्य सुची निर्धारण गरेर टास्नुपर्ने छ । साथै उपलब्द हुने खाद्यान्न म्याद ननाघेको, सफा र खान योग्य हुनु पर्नेछ ।

१२ अस्पताल परिसरको आवस्यक सुरक्षाको उचित प्रबन्ध गरिने छ ।

१३ एक्सरे, भिडीयो एक्सरे, ल्याबको मेशिनहरु सहि सलामत हुनु पर्ने, सम्बन्धित दक्ष जनशक्तिद्वारा चेक जाच गराउनु पर्ने साथै बिरामीलाई यथाशिघ्र रिपोर्ट उपलब्द हुने व्यवस्था गरिने छ ।

१४ कार्यरत सम्पूर्ण कर्मचारी, डाक्टरहरु सबैको डिजिटल हाजिरी र अस्पताल परिसर लगायत सम्पूर्ण ठाउमा सिसिटिभी क्यामेरा लगाएर रेगुलर मोनिटर गरिने छ । साथै सम्पूर्ण कर्मचारी, डाक्टर, नर्स लगायतले बिहानरबेलुका र दिउसो खाजारखाना खान जाँदा अनिबार्य रुपमा डिजिटल हाजिरी गर्नु पर्नेछ ।

१५ अस्पतालबाट निस्केको फोहोरबाट वडा न १ (चाइना क्वाटर) र वडा न १० का करिव ३०० घर प्रभावित भएकोले उक्त फोहोरको उचित व्यवस्थापन गरिने छ ।

स्वतन्त्र युवा सामाजिक अभियन्त दिपेन्द्र चन्द ठकुरी ले कामदार दैनिक संग कुरा गर्दै ७दिन को संघर्ष पछी बल्ल आज हेटौडा हस्पिटल र युवा सङघर्ष समिती बिच १५ बुंदें मा सहमति भएको छ । सहमति कार्यन्वयका निमित हामी निरन्तर खबरदार गरिरहने छौ। भन्नु भयो ।

त्यसै गरी देश र जनताको हक हित को लागी जिवनको अन्तिम घडी सम्मा पनि सदैब लडिरहने छु। भन्दै स्वतन्त्र युवा सामाजिक अभियन्तका प्रमुख दिनेश वाइवा लामा (साईला ) ले बताए।

Facebook Comments Box