सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका जाड्ने गरि दुधकोशी नदिमा बेलिब्रिज राख्ने तयारी गरिएको छ ।
सडक सञ्जालले अन्तर जिल्लाका पालिका जाड्ने द्येयले दुवै पालिकाका जनप्रतिनिधिले तुइनटार क्षेत्रको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनमा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, नेपाली कांग्रेस नेचासल्यानका सभापति नीर कुमार शर्मा, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राई, उपाध्यक्ष राजेश राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।
तुइनटार र महेश्वरी जोड्ने गरि बेलिब्रिज निर्माणका लागि डिपिआर तयार पारेर योजना अघि बढाउने विषयमा दुवै पालिका प्रमुख सहमत देखिएको नेचासल्यान सूचना प्रविधि अधिकृत हुत्तराज बास्तोलाले जानकारी दिए । अस्थायी बेलिब्रिज निर्माणले ऐसेलुखर्क र नेचासल्यानका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
Facebook Comments Box