विश्व मानसिक स्वास्थ्य दिवसमा दुई सयलाई परामर्श

समाचार स्वास्थ्य/शिक्षा

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा तनहुमा सर्वसाधारणलाई परामर्श दिएर मनाइएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) ले आज तनहुँको व्यास नगरपालिका–३ अनशन चौतारीमा परामर्श दिएर दिवस मनाएको हो । मानसिक स्वास्थ्यसम्बन्धी आमनागरिकलाई सचेतना जगाउने उद्देश्यले सर्वसाधारणलाई खुला स्थानमा परामर्श तथा सचेतना गराइएको ‘कम्युनिटी क्याम्पीयनर’ कल्याण बन्धु वाग्लेले जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति हुने सामाजिक अवरोधहरु हटाउन समुदाय सचेतीकरण एवं सशक्तिकरणका कर्यक्रम गर्दै आएको कोशिसका कार्यक्रम संयोजक महेन्द्र आचार्यले बताउनुभयो । गण्डकी प्रदेशका तनहुँलगायत लमजुङ, गोर्खा र कास्कीमा कोसिसले सेवा प्रवाह गरेको छ भने देशैभरका १६ जिल्लामा कोसिसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र प्रवद्र्धन गर्ने कार्य गरिरहेको आचार्यले बताउनुभयो ।

मानसिक समस्या भएका व्यक्तिलाई मनोविद आरती अधिकारी र सीता भण्डारीले मनोपरामर्श दिँदै आउनुभएको छ ।

Facebook Comments Box