संचार तथा सूचना प्रविधि मन्त्रालयको विभागीय समितिको तेस्रो अधिवेशन

प्रशासन समाचार

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विभागीय समितिको तेस्रो अधिवेशन २०७९ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका उपाध्यक्ष अम्बादत्त भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यही २०७९ पौष २२ गते सम्पन्न अधिवेशनबाट गोश्वारा हुलाक कार्यालयको आनन्दहरी खतिवडाको अध्यक्षतामा १८ सदस्य कार्यसमितिको चयन गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

कार्यसमिति यस प्रकार रहेको छ: आनन्दहरी खतिवडा अध्यक्ष, प्रदिपमणि चौलागाईं उपाध्यक्ष, लक्ष्मी गिरी सचिव, रक्षा नेपाल कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा किशोर कार्की, राधिका न्यौपाने, विनिता राई, प्रविन आचार्य, सुमितबहादुर घले, जुना पाण्डे, सपना ढकाल, सौदिप खड्का, निर्मला पोखरेल, जगदीशप्रसाद ताजपुरीया, सुवास ढकाल, अनिल तामाङ र सावित्रा कार्की रहेका छन् ।

यसैगरी सल्लाहकारमा प्रकाश पन्त र विमला आचार्य तथा केन्द्रिय प्रतिनिधि सूर्यप्रसाद बेल्बासेलाई पठाउने निर्णय भएको छ ।

 

Facebook Comments Box