चिप्लेढुङ्गा, ८ चैत । अर्बुद रोगविरुद्धको अभियानमा निरन्तर सक्रिय एवं थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहाल अधिकारी आज सम्मानित हुनुभएको छ ।
प्रिष्टिना ब्युटि इन्स्टिच्युटले आफ्नो स्थापनाको २० औ वार्षिकोत्सवमा उहाँलाई रु दश हजार १०५ सहित सम्मान गरेको हो । सो कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले सौन्दर्य पेशाले पछिल्लो समय धेरै महिलालाइ स्वरोजगार बनाएको बताउनुभयो । सम्मानित अधिकारीले लामो समय अर्बदसँग जुधेर पाएको नयाँ जीवनलाई अब निरन्तर अभियानमा सक्रिय बनाउने बताउनुभयो । प्राप्त रकमलाई मुगुमा यही चैत २३ देखि २६ गतेसम्म हुने स्वास्थ्य शिविरमा खर्च गर्ने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा मानव मिलन नारी जागरणका संस्थापक अध्यक्ष सावित्री शर्मा, सञ्चारिकाका गण्डकी प्रदेशका निर्वमान अध्यक्ष जमुना वर्षा शर्मा, सचिव कञ्चन थापा, सदस्य अनिषा श्रेष्ठ सिर्जना विकास बचत तथा ऋण सहकारीका कमला गिरीलगायतले सामाजिक क्षेत्रमा प्रिष्टिनाले पु¥याएको योगदानको चर्चा गर्नुभयो । इन्स्टिच्युटका प्रोपाइटर इन्दु क्षेत्री पुरीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष फरक फरक विधामा सामाजिक रुपान्तरणमा भूमिका खेल्ने महिलालाई सम्मान गर्दै आएको बताउनुभयो ।