काठमाडौँ, ५ जेठः यस वर्षको ‘रुपकुमारी अध्यात्म सेवा पुरस्कार’ पूर्वीय दर्शनका ज्ञाता प्राडा दीर्घराज घिमिरे र गौरी मासिक पत्रिकालाई प्रदान गरिएको छ ।
रुपकुमार अध्यात्म सेवा अनुष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । सोही पुरस्कार गत वर्ष मामाघर (इटहरी सुनसरी) र व्यासाचार्य किशोर गौतम (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।
पुरस्कार प्रदान गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमाले नेपाली साहित्यको क्षेत्रलाई उचाइमा पुर्याउन रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले अतुलनीय योगदान पुर्याएको चर्चा गर्नुभयो ।
कार्यक्रममा श्रष्टाहरूले समसामयिक विषयमा कविता वाचनसमेत गर्नुभएको थियो ।
Facebook Comments Box